मोदीले सबैलाई भने, हामीसँग तेलको कुवा छैन: इन्धन बचत र एक वर्ष सुन खरिद नगर्ने राष्ट्रिय संकल्प

Image
Nisarga Hospital

भारतका प्रधानमन्त्री Narendra Modi ले इन्धनको खपत घटाउन र आगामी एक वर्षसम्म सुन खरिद नगर्न नागरिकलाई आह्वान गरेका छन् ।

CP Hospital Dhangadhi

हैदराबादमा आइतबार आयोजित भारतीय जनता पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै उनले विश्वव्यापी संकट र छिमेकी देशमा जारी युद्धका कारण पेट्रोल, डिजेल र ग्यासको मूल्य अत्यधिक बढेकाले सतर्कता अपनाउनुपर्ने बताएका हुन् । मोदीका अनुसार भारत जस्तो देश, जहाँ आफ्नै ठूलो तेल भण्डार छैन, त्यहाँ इन्धन बचत अनिवार्य आवश्यकता बनेको छ ।

Attariya Hospital

उनले दैनिक जीवनमा इन्धन खपत घटाउने उपाय अपनाउन आग्रह गर्दै वर्क फ्रम होमको प्रयोग बढाउन, साथै सम्भव भएका स्थानमा सार्वजनिक यातायात, विशेषगरी मेट्रो रेलको उपयोग गर्न सुझाव दिएका छन् ।

nawajiwan

साथै, उनले सुन खरिदसम्बन्धी विषयमा पनि नागरिकलाई विशेष आग्रह गर्दै आगामी एक वर्षसम्म कुनै पनि प्रकारका कार्यक्रम वा अवसरमा सुन नकिन्ने संकल्प गर्न आग्रह गरे । उनका अनुसार, विगतमा संकटका बेला दानको परम्परा रहे पनि अहिलेको अवस्थामा सुन खरिद घटाउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । मोदीले सुन आयात घटे विदेशी मुद्रा बचत हुने र देशको आर्थिक स्थायित्वमा सहयोग पुग्ने बताएका छन् ।