एसईई २०८२ नतिजा सार्वजनिक : सबैभन्दा बढी ३.६०–४.०० जीपीए ल्याउने ४८ हजारभन्दा बढी विद्यार्थी

Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार यस वर्ष सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ। बोर्डका अनुसार ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये उल्लेख्य संख्याले उत्कृष्ट प्रदर्शन गरेका छन्।

CP Hospital Dhangadhi

त्यसैगरी, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ रहेका छन् भने २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ पुगेको छ। २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९७७ रहेका छन्।

Attariya Hospital

यस्तै, २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने ७ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ। एसईई नतिजा सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक र विद्यालयहरूमा उत्साह बढेको छ।

nawajiwan