दिल्लीको विस्फोटक जित : पञ्जाबलाई ३ विकेटले हराउँदै प्लेअफ दौड रोमाञ्चक

Image
Nisarga Hospital

Indian Premier League अन्तर्गत भएको रोमाञ्चक खेलमा Delhi Capitals ले Punjab Kings लाई ३ विकेटले पराजित गरेको छ ।

CP Hospital Dhangadhi

पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले १९ ओभरमै ७ विकेट गुमाएर पूरा गर्दै शानदार जित निकालेको हो । घरेलु मैदानमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

Attariya Hospital

जवाफी ब्याटिङमा दिल्लीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो । कप्तान Axar Patel ले ३० बलमा ५६ रन तथा David Miller ले २८ बलमा ५१ रनको उत्कृष्ट योगदान दिए । अन्तिम समयमा Madhav Tiwari ले ८ बलमा १८ रन जोड्दै टोलीलाई जित दिलाए ।

nawajiwan

तिवारीले बलिङमा पनि २ विकेट लिएपछि ‘प्लेयर अफ द म्याच’ घोषित भए । जितसँगै दिल्लीले १२ खेलबाट १० अंक जोडेको छ भने पञ्जाब १३ अंकसहित चौथो स्थानमा कायम छ ।