
नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरै भागमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही जिल्लामा हावाहुरी, असिना र चट्याङ्गको जोखिम रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना कायमै रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।































