राजस्थान रोयल्सको रोमाञ्चक जित, शीर्ष चारमा प्रवेश; आईपीएल २०२६ प्लेअफ दौड झन् रोचक

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा Rajasthan Royals ले Lucknow Super Giants लाई ७ विकेटले पराजित गर्दै शीर्ष चारमा प्रवेश गरेको छ। जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै २२० रन बनायो। लक्ष्य पछ्याएको राजस्थानले ३ विकेट गुमाएर २२५ रन बनाउँदै अन्तिम ओभरको पहिलो बलमै जित निकाल्यो।

CP Hospital Dhangadhi

राजस्थानका युवा ब्याटर वैभव सूर्यवंशीले ३८ बलमा ९३ रनको आक्रामक पारी खेले। उनले यशस्वी जैसवालसँग ७५ रन र ध्रुव जुरेलसँग १०५ रनको साझेदारी गरे। जैसवालले ४३ रन र जुरेलले ५३ रन अविजित बनाए। लखनउका मिचेल मार्सले ९६ रन बनाए भने जोस इङ्लिससँग १०९ रनको साझेदारी गरे।

यस जितसँगै राजस्थान रोयल्स शीर्ष चारमा उक्लिएको छ भने लखनउ सुपर जायन्ट्स प्लेअफ दौडबाट बाहिरिएको छ। शीर्ष तीनमा आरसीबी, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद पहिले नै पुगेका छन्। बाँकी एक स्थानका लागि राजस्थान, पन्जाब किंग्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा जारी छ। आजको खेलले प्लेअफ समीकरण थप रोचक बनाएको छ। अब अन्तिम खेलहरू प्लेअफका लागि निर्णायक हुनेछन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur