आईपिएल क्रिकेटमा गुजरात टाइटन्सको दमदार प्रदर्शन, चेन्नई सुपर किङ्स ८९ रनले पराजित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार राति अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई ८९ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो।

CP Hospital Dhangadhi

गुजरातका लागि साई सुदर्शनले ५३ बलमा ८४ रन र कप्तान शुभमन गिलले ३७ बलमा ६४ रनको उत्कृष्ट इनिङ्स खेले। दुवैबीच १२५ रनको ओपनिङ साझेदारीले ठूलो स्कोरको आधार तयार गर्‍यो। त्यसपछि जस बटलरले आक्रामक ब्याटिङ गर्दै अविजित ५७ रन जोडे। चेन्नईका तर्फबाट १–१ विकेट मात्र हात लाग्यो।

Attariya Hospital

२३० रनको विशाल लक्ष्य पछ्याएको चेन्नईको ब्याटिङ क्रम गुजरातका बलर अगाडि टिक्न सकेन। शिवम दुबेले ४७ रन बनाए पनि अन्य ब्याटरले योगदान दिन सकेनन्। कप्तान रुतुराज गायकवाड १६ रनमै आउट भए भने सञ्जु सामसन शून्यमा पवेलियन फर्किए।

nawajiwan

गुजरातका बलरमध्ये मोहम्मद सिराज, रासिद खान र कागिसो रबाडाले समान ३–३ विकेट लिएर चेन्नईको इनिङ्स ध्वस्त पारे। सिराज ‘प्लेयर अफ दि म्याच’ घोषित भए। यो जितसँगै गुजरातले १८ अंक जोडेको छ भने चेन्नई १२ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ।