
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमार्फत गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार वटा चिकित्सा कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका छन्।
उनका अनुसार स्वास्थ्य शिक्षा विस्तार गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। एमबीबीएससँगै अन्य चिकित्सा विषयका कार्यक्रम पनि क्रमशः सुरु गरिने बजेटमा उल्लेख गरिएको छ।
अर्थमन्त्री वाग्लेले यसले सुदूरपश्चिम क्षेत्रमा चिकित्सा शिक्षा अध्ययनको अवसर बढाउने र विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता घटाउने विश्वास व्यक्त गरेका छन्। सरकारले स्वास्थ्य पूर्वाधार र शिक्षा क्षेत्रमा लगानी बढाउने नीति लिएको छ।

































