
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकार प्रस्तुत गर्दै देशको आर्थिक प्राथमिकता सार्वजनिक गरेका हुन्।

कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ। त्यस्तै, पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास र आर्थिक स्थायित्वलाई ध्यानमा राख्दै बजेट संरचना तयार गरिएको जनाएको छ। यो बजेटले समग्र आर्थिक वृद्धि र विकासलाई गति दिने अपेक्षा गरिएको छ।

































