नेपालमा वर्षा रोकिएसँगै फेरि बढ्दै गर्मी, तराईमा तातो लहरको जोखिम

Image
Nisarga Hospital

विगत तीन दिनदेखि देशका विभिन्न भागमा भएको वर्षा कम भएसँगै अब तापक्रम फेरि बढ्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनहरूमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नपुगे पनि अब क्रमशः तापक्रम उकालो लाग्ने सम्भावना छ।

CP Hospital Dhangadhi

सोमबारदेखि वर्षाको गतिविधि घटेकाले विशेषगरी तराईका जिल्लामा गर्मी बढ्न थालेको छ। भैरहवाको तापक्रम सोमबार ३७.५ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा दैलेखलगायत केही क्षेत्रमा हल्का वर्षा भए पनि अधिकांश स्थान सुख्खा रहेका छन्।

Attariya Hospital

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा अत्यधिक गर्मी भई ‘तातो दिन’ हुने सम्भावना छ। बुधबारसम्म हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

nawajiwan

यद्यपि मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने भएकाले विभागले पर्याप्त पानी पिउन, घाममा लामो समय नबस्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।