पश्चिम सेती ४०० केभी प्रसारण लाइन: पीपीपी मोडेलमा ऊर्जा पूर्वाधार विकासको नयाँ अध्याय

Image
Nisarga Hospital

पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यसहित वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाइएको छ। यसका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ।

CP Hospital Dhangadhi

करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानीमा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिबाट लगानी संरचना स्वीकृत भएसँगै कम्पनी दर्ता प्रक्रिया पूरा भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ भन्दै निजी क्षेत्रको सहभागिताले नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्। उनले पीपीए प्रक्रियामा आवश्यक निर्णय अध्ययनपछि हुने जानकारी पनि दिए।

nawajiwan
Attariya Hospital

आरपीजीसीएलका सीईओ सागर श्रेष्ठले जग्गा प्राप्ति, राइट अफ वे तथा वन स्वीकृति प्रक्रिया पूरा भएपछि निर्माण कार्य तीव्र बनाइने बताए। कम्पनी साझेदारहरूले यसलाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ परियोजना भनेका छन्।

आयोजनामा सरकारी पक्षको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत सेयर संरचना रहनेछ। करिब १४५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत २ हजार ५ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्ने लक्ष्य राखिएको छ।

यसले पश्चिम सेती, सेती–६ र अपर सेती लगायतका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नेछ। पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजना नेपालकै प्रमुख ऊर्जा पूर्वाधार परियोजनामध्ये एक मानिएको छ।