सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पद तत्कालका लागि सुरक्षित, डम्मरी महराले फिर्ता लिइन् हस्ताक्षर

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा नयाँ मोड आएको छ। प्रस्तावमा हस्ताक्षर गरेका ९ जना सांसदमध्ये डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहको पद तत्कालका लागि जोगिएको छ।

CP Hospital Dhangadhi

महराले कांग्रेसभित्रको एकता, प्रदेश सरकारको स्थायित्व र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै हस्ताक्षर फिर्ता लिएको बताएकी छन्। उनले अहिले सरकार वा संसदीय दलको नेतृत्व परिवर्तनभन्दा दलभित्र सहमति र एकता कायम गर्नु महत्वपूर्ण रहेको धारणा राखेकी छन्।

Attariya Hospital

यसअघि नेपाली कांग्रेसका बहुमत सांसदहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको थियो।

nawajiwan

तर महराले समर्थन फिर्ता लिएसँगै अविश्वास प्रस्तावको गणित फेरिएको छ। यसले मुख्यमन्त्री शाहलाई तत्काल राहत मिलेको छ भने कांग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्ष अझै पूर्ण रूपमा टुंगो लागिनसकेको संकेत गरेको छ।