गुल्मीमा सांसद सागर ढकाल सवार गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ। शुक्रबार रेसुङ्गा नगरपालिका–४ अर्खले क्षेत्रमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्र विश्वकर्माले जानकारी दिए।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रारम्भिक जानकारीअनुसार गाडी सामान्य दुर्घटनामा परेको र मानवीय क्षति नभएको बताइएको छ।

सांसद ढकालले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटना सामान्य भएको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “सामान्य दुर्घटना हो। व्यक्तिलाई केही पनि भएको छैन, गाडीमा सामान्य क्षति भएको छ। भगवानको कृपाले सबै ठिक छ। सुशान्त वैदिक, म र आरपी महतो सबै ठिक छौँ।”

nawajiwan
Attariya Hospital

उनले आफूहरू सुरक्षित रहेको र हाल सोही गाडीमा फर्किँदै रहेको जानकारी दिँदै शुभेच्छा प्रकट गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।