कालजयी यथार्थ

Image
Nisarga Hospital

आज जो फक्रिएका छन् , फूल उद्यानमा सबै।
रहन्नन् ती सधैं यस्तै, सुश्रुषा मालीको न भै।१

CP Hospital Dhangadhi

सहारा बृक्षको पाए, बेला नै बृक्ष ढाक्दछन।
बृक्ष नै ढलीहालेमा,बेला निस्सासी मर्दछन्।२।

जस्को आधार आफ्नै छ,त्यो सधैं हुन्छ सुस्थिर
पींध नै नभए लोटा, कसरी अड्न सक्तछ ?३।

nawajiwan

चाकरी गर्न मै बित्छ, सारा जीवन स्वार्थीको
खुट्टा मुसारी राख्नु नै,काम हो बज्रस्वॅाठको।४

अचम्मै को छ संसार, अचम्मै को छ मानव।
स्वार्थपूर्ति भए मान, जस्ताले पनि पाउॅछ।५।

रहून्जेल् दुइ मुठी श्वास नाना आरोप लाग्दछन्।
जब मर्छ त्यही मान्छे,कॅाधमा बोकी हिड्दछन्।

Attariya Hospital

देख्दा देखिन्छ मान्छेको, बाह्य जीवन सुन्दर।
तर भित्र जलेकै छ, चिन्ताको अग्नि भर्भर।७।

जे जस्तो लेखिएको छ,त्यो त्यस्तै भइ छाड्दछ
पूजामा चाहिने माला, घाटमा पुग्नु पर्दछ।८।

भाग्यमै नभए शान्ति, कहॅा खोजेर मिल्दछ।
शान्त झैं देखिने सिन्धु, ज्वारभाटा लुकाउॅछ।९

उही धर्ती उही माटो, उही माली उही घर।
स्वादमा भिन्न भैदिन्छन् फलेका बृक्षका फल।

डा. टेकराज पन्त
महेन्द्रनगर, कंचनपुर