
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रदेश सभामा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको लक्ष्यसहित बजेट प्रस्तुत गरे।

चालुतर्फ १३ अर्ब ९७ करोड, पुँजीगततर्फ २० अर्ब ७५ करोड र वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सरकारले आन्तरिक राजस्व, संघीय अनुदान र मौज्दातलाई स्रोतका रूपमा लिएको छ।
बजेटमा आईटी पार्क निर्माण, ५ हजार युवालाई एआई तथा सूचना प्रविधि तालिम, जीपीएसयुक्त सार्वजनिक यातायात र दुई वर्षे ‘कोशी भ्रमण वर्ष’ घोषणा गरिएको छ। सुधारगृह, जलविद्युत् आयोजना र क्रिकेट मैदान विकासका योजना पनि समावेश छन्।


सरकारले सुशासन, पूर्वाधार, ऊर्जा र सामाजिक विकासलाई प्राथमिकता दिँदै ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
































