मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, समूह ‘बी’ को शीर्ष स्थानमा उक्लियो

Image
Nisarga Hospital

जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको गोल वर्षासहित स्विट्जरल्यान्डले विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गत बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गरेको छ। लस एन्जलसमा भएको खेलमा मान्जाम्बीले दुई तथा रुबेन भारगास र ग्रानिट जाकाले एक–एक गोल गरे। बोस्नियाका एर्मिन माहमिचले सान्त्वना गोल फर्काए।

CP Hospital Dhangadhi

खेलको ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिच रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएको टोलीमाथि स्विट्जरल्यान्ड हाबी बन्यो। त्यसपछि अन्तिम १० मिनेटमा तीन गोल गर्दै स्विट्जरल्यान्डले सहज जित निकाल्यो।

Attariya Hospital

यसअघि कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्यान्डले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। बोस्निया भने १ अंकमै सीमित छ। अब समूहको अर्को खेलमा कतार र क्यानडा भिड्नेछन् भने स्विट्जरल्यान्डले आफ्नो अन्तिम खेल कतारसँग खेल्नेछ।

nawajiwan