मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियालाई १–० ले पराजित

Image
Nisarga Hospital

फिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिकोले अन्तिम ३२ (राउण्ड अफ ३२) मा स्थान सुरक्षित गरेको छ। शुक्रबार राति घरेलु मैदान ग्वाडालाजारामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

CP Hospital Dhangadhi

मेक्सिकोको जितमा लुइस रोमो नायक बने। उनले खेलको ५०औँ मिनेटमा गरेको गोल निर्णायक साबित भयो। त्यसपछि दुवै टोलीले थप गोलका प्रयास गरे पनि नतिजा बदल्न सकेनन्।

यो जितसँगै मेक्सिकोले दुई खेलबाट ६ अंक जोड्दै समूहबाट नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। पराजित दक्षिण कोरियाको ३ अंक रहेको छ।

nawajiwan
Attariya Hospital

यसअघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको थियो।

सन् २०१८ मा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणमै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै टोली पुनः नकआउट चरणमा पुगेको छ।

नियमअनुसार प्रत्येक समूहबाट शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो हुने ८ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।