देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना; सतर्क रहन मौसम विभागको आग्रह

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालका तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा पनि वर्षा हुने अनुमान गरिएको छ।

Attariya Hospital

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

nawajiwan

आज राति पनि देशभर बदली रहने र पहाडी तथा तराईका केही स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।