
नालापानी र कालापानी समश्यमा सुधार सकेन हुन,
यो देशमा पनि किनहोला आफ्नै बाजार सकेन हुन्।

असमान् सन्धि सम्झौताको विरूद्धमा लडियौं सधैं,
यही देशको भलो चिताउने कुनै सरकार सकेन हुन।
गहूंथलीहरूसङ्ग पनि आफ्नै कला हुन्छ नपताए हेरौं,
वीरहरूमा किन गहुंथलीको जस्तो रफ्तार सकेन हुन।

ऊ गरिब थियो रत अकालमै मारियो अरूको देशमा,
मारियो ऊ न्यायको लागि तर कतै प्रचार सकेन हुन।
गरिबको छैन दुनियामै सरकार कतैपनि चल्दैन केही,
जसलाई छानेर पठायौं हामि ऊ बफादार सकेन हुन।
कुरा हुन्छ न्याय निसाबका हुन्छन् धर्म कर्मका यहां,
किताबमा लेखेको जस्तो अचेल संसार सकेन हुन।
॥१॥
दिउसैमा देखेका सपनाहरूको रास अंझै बांकि,
साहकार हुन नसकेका सपना खास अंझै बिकि।
समय बितेर गएपनि त विचार अटल छ आफ्नो,
एक मुट्ठी स्वास रहंदासम्म छ आस अंझै बाकि।
सहीलाई गलत साबित गर्न तछाड मछाड हुन्छ,
यो मनले पनि भन्छ किन छ तमास अंझै बाकि।
नालापानी कालापानी त्यो टिष्टा र सतलज खै,
वीर गोर्खा तिम्रो छातिमा छ सहास अंझै बाकि।
नसा नसामा बग्ने रगत उनै पूर्वजहरूकै त होला,
किन सेलाउन खोज्छ छातिमा स्वास अझै बाकि।
ओजेल हुनु भएन यही चन्द्रमा र सुर्यको प्रभाव,
उनिभित्र छ इतिहास सदियौं शुभाष अझै बाकी।
॥२॥
दुश्मन् भनौं भने गरेको जस्तै गर्छ प्यार उसैले,
देशभित्र सङ्कट पर्छ मौकामा गर्छ वार उसैले।

हाम्रा कविहरूमा पनि एकता हुन सकेको छैन,
उनि फुटेपछि यो देशमा बढायो गद्धार उसैले।
राजनीति गरेकै छैन भन्छ तर छ ठूलै राजनीति,
जहिल्यै पनि पलट्दिन्छ देशमा सरकार उसैले।
जसले जीवनभरि नि आफ्नो सुधार गर्न सकेन,
म बदल्दिन्छु भन्छ बिच सडकमा संसार उसैले।
आस भयपनि यो छोरा श्रवणकुमार हुन गारैछ,
अहिल्यै देखुन छाडि सक्यो त्यो आधार उसैले।
अचेल न्याय निसाब त कागजमा मात्र लेखिन्छ,
कालो कोट लगाई गर्दैछ न्यायकै व्यपार उसैले।
॥३॥
ए साथि शङ्घर्ष अवश्य गर तर बांचिरहनका लागि,
पुरा आयु बांच त्यसपछि मर तर बांचिरहनका लागि।
जन्मिएका जीव जन्तु मरेर जान्छन् हामि मानिस हौं,
त्यसैले दुनियांको गर सफर तर बांचिरहनका लागि।
धनमान हुन कसैको जीवन न खोसे त्यो अपराध हो,
देशको हित प्रोप्कारको रहर तर बांचिरहनका लागि।
मानिस बनि एकैदिन बांचेपनि धन्य हुने छौं संसारमा,
सबैलाई हुन्छ मृत्यसङ्गको डर तर बांचिरहनका लागि।
मानिसको स्वार्थले नै संसारमा उथलपुथल गराउंछ,
सबैमा हुन्छ स्वार्थको फरक तर बांचिरहनका लागि।
कत्ति नराम्रो नगर कसैलाई मानव विवेकसील प्राणी,
तिम्रो व्यवहारले गरोस असर तर बांचिरहनका लागि।
॥४॥
देश जलाउछन् कसैले सिंह दरबार जलाउछन्,
केही रूष्ट भएका आफ्नै यो संसार जलाउछन्।
पुंजिवादी समाजमा चाहिन्छ धन् पद र प्रतिष्ठा,
त्यो स्वर्थमा मानिसले आफ्नै प्यार जलाउछन्।
सत्ताको मात यस्तो रहेछ हुदैन अरू कुनै नसा,
सत्ताको भोकमा विकासकै आधार जलाउछन्।
वेइमानहरू पनि अचेल धेरै सम्मानित् हुनथाले,
जस्ले अरूको घर जाउछन् परिवार जलाउंछन्।
पछुताउन उसलाई पर्दैन जल्यो र खरानी भयो,
यत्ति हो बांच्नेहरूका सपना हजार जलाउछन्।
प्रिय तिमि कहिल्यैई यस्तो बाटो नछोप्नु कृपया,
प्रगतिमा रमाउनेहरूले त कुसंस्कार जलाउछन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































