मनसुन थप सक्रिय : चार प्रदेशमा अति भारी वर्षाको चेतावनी, बाढी–पहिरोको उच्च जोखिम

Image
Nisarga Hospital

देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले हाल देशभर पूर्ण बदलीको अवस्था छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने यो क्रम दिनभर र राति पनि जारी रहनेछ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

लगातारको वर्षाले तराई क्षेत्रमा डुबान, पहाडी क्षेत्रमा पहिरो, आकस्मिक बाढी, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्ने भएकाले नदी किनार, भिरालो भूभाग तथा जोखिमयुक्त क्षेत्रमा नजान मौसमविद् र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। आवश्यक सतर्कता अपनाई सुरक्षित रहन तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

nawajiwan