साइबर कसुर आरोपमा अभियन्ता वेदिका केसी पक्राउ

Image
Nisarga Hospital

अभियन्ता वेदिका केसी साइबर कसुरको आरोपमा पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।

CP Hospital Dhangadhi

ब्युरोका अनुसार राधिका दासीले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही उजुरीपछि केसीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

Attariya Hospital

केन्द्रीय साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट केसीविरुद्ध साइबर कसुरमा एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

nawajiwan

प्रहरीका अनुसार वेदिका केसीले सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध भ्रम फैलाउने तथा विद्युतीय माध्यमको दुरुपयोग गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।