सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह : पीडितलाई न्याय, दोषीमाथि कानुनी कारबाहीको प्रतिबद्धता

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

CP Hospital Dhangadhi

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु भइसकेको र दोषीमाथि निष्पक्ष रूपमा कानुनी कारबाही गरिने बताएका छन्। साथै, सरकारले घटनाको समग्र समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने स्पष्ट पारेका छन्।

Attariya Hospital

उनले सबै नागरिकलाई उत्तेजना, आक्रोश र प्रतिशोधको भावना त्यागी संयमता अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी विश्वास र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।

nawajiwan