सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
हरिया चुरा लगाउ वा हरियो सारी के फर्क पर्छ,
चाहे पिङ्ग डांडानै बनाउ फूलबारी के फर्क पर्छ।
CP Hospital Dhangadhi
बरू रूख लगाउ सयौं फूल रोप हुने छ भरिलो,
न हाम्रो कम्पनी न त हामि व्यपारी के फर्क पर्छ।
लाखौं चेलीहरू छन् विदेशीका व्यश्यलयहरूमै,
तिमीमा आएर क्षाणभर साहुकारी के फर्क पर्छ।
nawajiwan
यही देश नाङ्गेझार भएको छ युवा बिहिन बन्यो,
गृहयुद्ध हुंदा सोचौं त देशका नारी के फर्क पर्छ।
लगाउने खाने र मोज मस्ति गरेर पुग्छ भने गरौं,
लाशमा पनि रमाउने फर्मान जारी के फर्क पर्छ।
पहिला गुरू बाबा आमा पछिल्ला ठोक्कर थिए,
अब सुख दु:खकी घरै छिन् प्यारी के फर्क पर्छ।

॥१॥

पक्कै पनि न्याय उचित हतियार हुनसक्दैन,
हतियार उठाउने पनि सबै गद्धार हुनसक्दैन।
यो त परिस्थिती जञ्य कुरा हो देश समाजमा,
विद्रोह हुन्छ जब जनप्रिय सरकार हुनसक्दैन।
जस्को सर्वस्व स्वाहा भयो रहेन जीवन जस्तो,
उसलाईपनि त न्यायको इन्तिजार हुनसक्दैन।
जनताले के चाहान्छन् शान्ति सु व्यवस्था यहा,
सरकारले भन्नुपर्छ किन भनेनुसार हुनसक्दैन।
सरकारमा जानलाई साम दाम दण्डभेद भयो,
सरकारमा पुगेपछि देशसङ्ग प्यार हुनसक्दैन।
उस्तै रोगिछन् बाटो,अस्पत्ताल र व्यवस्था सबै,
जुनसुकै सरकार आएपनि उपचार हुनसकेन।
Attariya Hospital

॥२॥

जबसम्म यो देशको शासक विदेशीको दाश हुने छ,
तबसम्म देशभक्ती आगनमा निर्दोशको लाश हुने छ।
न लड्नुभन्दा लड्नु राम्रो हुन्छ जीत होला हारहोला,
पुर्खाहरूले भन्थे शङ्घर्षको परिणाम खास हुने छ।
पिन्जडामा थुनेर पंछिहरूलाई मिठो भोज दिएपनि,
उसकालागि स्वर्गभन्ने त्यही खुला आकास हुने छ।
गरिबलाई काम चाहिन्छ दया भिख चाहिंदैन तिम्रो,
विकासका लागि महत्वपूर्ण भिजन र सहास हुने छ।
संसदमा गयो सरकारमा पुग्यो देशको लागि के गर्यो,
उसले भनेर होइन उस्कै व्यवहारले पर्दाफास हुने छ।
गास बास सबैलाई चाहिन्छ देशकै नागरिक हौं हामि,
जस्ले नागरिकको मर्म बुझ्छ उसैको श्याबास हुने छ।

॥३॥

भन्छ चोरी गरेन ऊ झुटले आफ्नै व्यपार बनेको हो,
मुर्दाको कात्रो बिक्री गरे र त ऊ साहुकार बनेको हो।
हामी त पुर्खा देखिनै विदेशको चौकिदार गर्दै आयौं,
नभन त्यहि आज देश डुबाउने समाचार बनेको हो।
नेताहरू पनि आफूलाई देशभक्त भन्छन् लाजै छैन,
उनैले गरेको ऐयासिलेनै यो देश कर्जदार बनेको हो।
ऊ सङ्ग कुनै दुश्मनि थिएन मात्र उधार दिएको थिएं,
अचेल त्यही दाम मेरो घांटी शेर्ने औजार बनेको हो।
आफूले त गर्दै नगरेको गलतिको सजाए भोग्नुपर्यो,
इज्जत जोगाउंदा बालात्कारको आधार बनेको हो।
आउ उस्को पर्दाफाश गरौं जसले हिंजो मित्र भन्थ्यो,
हमसफर बनेर पनि आज दुश्मनको यार बनेको हो।

॥४॥

खै थाहा छैन तिमिमा पनि सुधार हुन्छ वा हुंदैन,
ऋण पायौ सकारत्मक समाचार हुन्छ वा हुंदैन।
विश्वास गर्न सकिदैन् धनको मुख हुन्छ कालो,
डर यत्ति छ तिमि फर्किने आधार हुन्छ वा हुंदैन।
सरकारलाई के थाहा प्रसाशनलाई पनि केथाहा,
गरिब दुखिसङ्ग रूपैंया दश हजार हुन्छ वा हुंदैन।
ऊ डाक्टर हो काटेको सिलाएको दाम चाहिन्छ,
लाशलाई केथाहा उसको व्यापार हुन्छ वा हुदैन।
उसले गरिबकै लागि त्यो जीवन दाउमा लगायो,
विद्रोहीलाई सरोकार छैन् सरकार हुन्छ वा हुदैन।
हाड छाला घिसाए पुर्खाहरूले बञ्जर जमिनमा,
माटो सम्मानगर्ने औलाद बफादार हुन्छ वा हुंदैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८