देशभर मनसुन सक्रिय, कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदरभन्दा उत्तरतर्फ रहेकाले मौसममा व्यापक प्रभाव परेको हो।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। यीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थान तथा पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। साथै कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

nawajiwan

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।