इरान–अमेरिका तनाव चुलियो, अमेरिकी–साउदी संयुक्त आक्रमणपछि मध्यपूर्वमा युद्धको जोखिम बढ्यो

Image
Nisarga Hospital

इरानले अमेरिकी सैन्य लक्ष्यमा क्षेप्यास्त्र आक्रमण गरेको अमेरिकी दाबीपछि अमेरिका र साउदी अरबले इरानसँग सम्बन्धित सैन्य संरचना तथा इराकमा रहेका इरान समर्थित मिलिसिया समूहहरूमा संयुक्त रूपमा शक्तिशाली आक्रमण गरेका छन्। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सैन्य लक्ष्यलाई केन्द्रित गरी कारबाही गरिएको हो।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा प्रतिक्रिया दिँदै अमेरिका अब प्रतिआक्रमणको चरणमा प्रवेश गरेको बताएका छन्। उनले इरानलाई कडा सैन्य जवाफ दिइने चेतावनी दिँदै अमेरिका कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे।

Attariya Hospital

प्रारम्भिक विवरणअनुसार आक्रमणमा इरानी रिभोलुसनरी गार्डसँग आबद्ध व्यक्तिसहित दर्जनौं मानिस मारिएको दाबी गरिएको छ। यसैबीच इरानी सञ्चारमाध्यमहरूले दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएका छन्।

nawajiwan

बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा समेत प्रभाव पारेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब सात प्रतिशतले वृद्धि भएको छ भने स्ट्रेट अफ हर्मुज र बाब अल–मन्डेब जस्ता महत्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन प्रभावित भएको बताइएको छ। उता, ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई इरानलाई हतियार सहयोग नगर्न चेतावनी दिँदै त्यसले क्षेत्रीय तनाव अझ चर्काउने बताएका छन्।