सिरहामा प्रहरीमाथि गोली प्रहार, हवल्दार नारद परियार घाइते

Image
Nisarga Hospital

सिरहाः सिरहामा प्रहरीमाथि गोली प्रहार हुँदा जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ।

CP Hospital Dhangadhi

घटनापछि उनलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जनाएको छ। चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ।

Attariya Hospital

प्रहरीका अनुसार गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भने संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

nawajiwan