गोदावरीमा शहीद भीमदत्त पन्तको शालिक अनावरण, नगर प्रमुख भट्टले भने– ‘शहीदका आदर्श नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छ’

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक एक विशेष समारोहबीच अनावरण गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गर्दै शहीद पन्तको योगदान नेपाली इतिहासका लागि प्रेरणादायी रहेको बताए।

CP Hospital Dhangadhi

अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले शहीदको त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई सदैव सम्मान गरिनुपर्ने उल्लेख गरे। उनले शहीदको स्मृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तालाई इतिहाससँग जोड्न यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

nawajiwan
Attariya Hospital

नगर प्रमुख भट्टले भने, “हामीले हाम्रो भूमि र लोकतान्त्रिक आन्दोलनका महान् योद्धा शहीद भीमदत्त पन्तप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको शालिक अनावरण गरेका छौँ। उहाँले राष्ट्र र जनताका लागि पुर्‍याउनुभएको योगदान सधैँ प्रेरणाको स्रोत रहनेछ। शहीदका आदर्श र बलिदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनु हामी सबैको साझा दायित्व हो।”

उनले नगरवासीलाई शहीदले देखाएको सत्य, न्याय, समानता र जनसेवाको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र जिम्मेवार गोदावरी निर्माणमा एकजुट हुन आग्रह गरे।

शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले स्थानीय इतिहास र राष्ट्रिय विभूतिको सम्मान गर्दै शहीद भीमदत्त पन्तको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले शालिक निर्माण गरेको जनाएको छ। स्थानीयवासीले पनि शालिक निर्माणलाई ऐतिहासिक र प्रेरणादायी पहलका रूपमा स्वागत गरेका छन्।