भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ जना अझै सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीपछि विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको जनाएको छ।

CP Hospital Dhangadhi

प्राधिकरणका अनुसार सबैभन्दा बढी शव चितवनमा फेला परेका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १४८, नवलपरासी पश्चिममा ८२, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ४८, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव भेटिएको छ। बाढी तथा पहिरोमा परी घाइते भएका २४२ जनाको उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीको घटनापछि अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सम्पर्कविहीनमध्ये ५६२ जना रसुवाका नागरिक, ५८९ जना विदेशी नागरिक, १३३ जना विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कामदार तथा १२७ जना विदेशी पर्यटकसँग गएका नेपाली रहेको जनाइएको छ। यस्तै, सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

nawajiwan
Attariya Hospital

सुरक्षा निकायको एकीकृत प्रयासबाट हालसम्म ८ हजार १८६ जनाको सकुशल उद्धार गरिएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने २२७ जना विदेशी नागरिकको समेत उद्धार भइसकेको छ।

प्रभावित क्षेत्रमा उद्धार कार्यसँगै सुरक्षाकर्मी परिचालन, खाद्यान्न, ग्यास तथा इन्धन ढुवानी र घाइतेको उपचारको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। साथै, सम्पर्कविहीनहरूको खोजी तथा जोखिमयुक्त क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ।