
पाल्पा रिप्टिकोटकी भाइरल होची मुना मगर आजभन्दा ३–४ बर्ष अगाडी मिडियामा भाइरल भएकी थिइन् । मुनालाई सामान्य आम व्यक्तिले देख्दा पहिलो चोटी अचम्मित नपर्ने मान्छे छैनन् होला । मान्छेपनि निकै रमाइली, कमेडी गरेर हसाउँन सिपालु, मसिनो स्वर भएकी दोहोरी गाउन पनि खप्पिस छिन् । उनले लाइभ दोहोरी मात्र नभई रेर्कडेड गीत पनि गाएकी छिन् ।

युटुबमा अत्याधिक भाइरल होची कलाकार मुना मगर आफ्नी बहिनी सहित पहिलोपटक मिडियामा देखिएकी छिन।उनि एक समय युटुब तिर अत्याधिक भाइरल भएकी थिइन उनले गाउने सैली र प्रस्तुती देखेर दर्शक निकै लोभिने गर्थे भने उनको हाँसोमा त सबै झन् नजीक थिए।मुना मगर होची मात्रै हैन उनको डान्स झनै बबाल छ।

































