समाजसेवी चादँनी ऐरको जीवनी

Nisarga Hospital

चादँनी ऐर: पछिल्लो समय मानविय सेवामा चिनिएको नाम हो । आर्थिक अभावमा उपचारमा छटपटिएका हुन्, या विभिन्न आपत विपतमा परेका नागरिक । चादँनीको नजर पुगेको हुन्छ, उनी सक्ने सहयोग गरिहाल्छिन्। बुवा हरि ऐर र आमा इन्नरी देबि ऐरको कोखबाट २०४९ भाद्र १ गते भिमदत्त नगरपालिका वडा नं २ उल्टाखाम कञ्चनपुरमा जन्मिन्,त्यहीँ हुर्किइन् र अध्ययन गरिन् । चादँनी यस्ती महिला हुन्, जो अरुको दुख देख्न सक्दिनन्। त्यसैले त आफूलाई उनले समाजसेवामा तल्लिन राखेकी छिन्।

CP Hospital Dhangadhi

समाजसेवा मार्फत चादँनीले आफ्नो चिनारी अझै बढाउँदैछिन्। राजनिती र घरायसी काममा मात्रै सिमित नराखेर चादँनी दिनदुखी र आपतविपत, अप्ठेरामा परेका बिरामीहरुको सेवाको लागि अहोरात्र खटिरहेकी छिन्। ‘अरुले दुख पाएको, आपतविपतमा परेको, आर्थिक अभावले उपचारमा समस्या भएको समाचारहरु देख्दा निक्कै दुख लाग्छ, अनि सहयोग गर्न पाउँदा खुशी’, चादँनीले भनिन्, ‘सेवा नै धर्म हो भन्ने उदेश्यले सहयोगको अभियानमा लागिरहेको छु।’ उनि ७ बर्षकी हुँदा बुवाको मृत्यु भयो । बुवा पछिको जिम्मेवारी दाई भए नि उनिले निभाउनु थालेकी थिइन ।

सायद सानै उमेरबाट दुख भोगेर होला उनी हरेक दुख कष्ट सङ्ग लड्दै कडा रुपमा सानै बाट लेखन तिर पनि लागिन। सानै उमेरमा ऐरले एउटा लेखकको परिचय बनाउन सफल समेत भएकी थिइन । लेखन बिधा मात्रै नभएर कोरिएका शब्द पनि गुन गुनाउदै गायन क्षेत्रमा पनि निकै सक्रिय रहेकी उनी सानै बाट अन्याय अत्याचार विरुद्ध कडा आवाज उठाउने मात्रै हैनन लेख्थिन पनि तर यसरी अगाडि बढेकी चादनी ऐर सानै उमेरमा वैवाहिक सम्बधमा बाधिइन । वैवाहिक पछि आफ्ना गरेका हरेक कार्यहरू छुट्न गए । कला गला, लेखन विधि भए नि केही बर्ष घरायसी काममा जीवन बित्न थाल्यो ।

nawajiwan

उनको जिबनमा निकै उत्तार चढाव आए तर पनि उनीले कहिल्यै हरेस खाईनन् । कसैको बन्धक बनेर भन्दा आफू स्वतन्त्र भएर सेवा गर्छु केहि गरेर मात्रै आफ्नो पहिचान बनाउन्छु भन्ने लक्ष्य बोकेकी ऐरले आफ्नो जीवन चलाउने टुंगो नहुदा पनि संघर्ष गरिरहिन । उनिले हरेक चेलिका हिंसा विरुद्ध आवाज उठाइन । भ्रष्टाचार विरुद्ध आवाज उठाइन । महिला पुरुष केशहरु हेर्दै उत्थान गरिन । उनि सामाजिक संजाल तिर तेति सक्रिय नभए नि पछि बिस्तारै सामाजिक संजाल तिर सक्रिय हुँदै विभिन्न संघ सस्थामा आवद्ध हुँदै एउटा अभियन्ताको रूपमा काम गर्दै विभिन्न देश तथा बिदेशमा रहेका नेपाली युवाहरूको स सानो सहयोग जुटाएर दुखी, गरिब ,बिपन्नहरुको घाउमा मलम बन्दै गइन । उनले लिपुलेक कालापानी एम सिसि विरुद्ध खरो आवाज मात्रै हैन नारा जुलुस आन्दोलन सम्म नि गरिन ।

कोभिडको बेला मान्छेहरु घर बाट बाहिर निस्किदैनथे तर उनी कञ्चनपुरका अनाथ आश्रम बृद्धा आश्रम र कोहि भोकभोकै मर्नु नपरोस भन्ने हेतुले सबै सङ्ग अनुरोध गर्दै उनिहरुको भोको पेट भर्ने व्यवस्थापन गर्थिन । यस्तो गर्दा गर्दै उनिले सोचिन अब अभियन्ता बनेर हैन जिम्मेवार व्यक्ति भएर सस्थाको सस्थापक बनेर काम गर्छु भन्ने हेतुले उनिले ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल सस्था दर्ता गरेर काम गर्न थालिन । स्थानीय निकाय प्रदेश सरकार बाट कुनै योजना कार्यक्रमहरु बजेटिङ नगर्दिए पनि बिदेशी सस्था र बिदेशमा रहेका नेपाली दाजुभाइहरु मिलेर बनेको समाज बाट भए नि थुप्रै सहयोग जुटाएर निरन्तर सेवा गरिरहिन ।

Attariya Hospital

उनिले सानो बच्चा कहिले साथमै लगेर त कहिले घरमै अरुलाई हेरचाह गर्न राखेर सेवा तिर मात्रै हिडिरहिन । यसपटकको सेवामा पनि गत अशोज १७ गते बझाङमा गएको भुकम्पको बेलामा दुई चोटि बझाङ र एक चोटि बाजुरा पुगिन । बझाङको खप्तड छान्ना र मष्टामा राहत स्वरुप न्यानो बल्याङकेटहरु, डसनाहरु,त्रिपालहरु पनि १२५ भन्दा बढी परिवारलाई बितरण गरेकी थिइन । बाजुरा र बझाङको सिमाना नजिक पर्ने छेडेदह गाउपालिकाबाट गुनासो आउने बित्तिकै तुरुन्तै बाजुराको छेडेदह गाउपालिकामा ३५ परिवारलाई न्यानो लुगा स्वरुप बल्याङकेटहरु र करिब २०० जना बच्चाहरुलाई न्यानो लुगाहरु पनि बितरण गरेकी थिइन । ३ चोटि बझाङ बाजुरा पुगेपछि ४ चोटि जाजरकोट पनि पुगेकी थिइन ।

पहिलो चरणमा मृत्यु भएका घर परिवारलाई र दोस्रो चरणमा एकल महिला बृद्धा आमाबुबा , अनाथ बच्चा ,तेस्रो चरणमा पुर्ण क्षती भएर घर ध्वस्त भएका परिवारलाई राहत स्वरुप जाजरकोट नलगाढका गाउँ बस्ति घर घरमा गएर ३१५ भन्दा बढी परिवारलाई न्यानो लुगा स्वरुप बल्याङकेटहरु, डसना, चाउचाउ चिउरा पनि बितरण गरेकी थिइन । नलगाढ मात्रै पुगेकी उनले जनगुनासो आएपछि कोहि नपुगेको बिकट ठाउँ जाजरकोट कै कुशे गाउपालिका ४ का ७० पीडित परिवारलाई राहत स्वरुप न्यानो बल्याङकेटहरु बितरण गरेकी थिइन भने फेरि कुशे गाउपालिका २ को जुम्लाको सिमानामा पर्ने अत्ति बिकट स्कुलका ४० जना बच्चाहरुलाई न्यानो लुगा स्वरुप ट्रयाक सुट र सुईटरहरु पनि बितरण गरेकी थिइन । यत्ती मात्रै हैन उनले डोटिको गैरा स्थित एक स्कुलमा ७६ जना अत्ति बिपन्न गरिब, जेहेन्दार बच्चाहरुलाई ट्रयाक सुट, स्कुल ब्याग, स्टेसनरी सामाग्री पनि बितरण गरेकी थिइन ।

सोही लगत्तै सामाजसेवी ऐरले डडेल्धुराको परशुराम नगरपालिकाको एक बिद्यालयमा डडेल्धुरा अजयमेरु गाउपालिकाको ४ वटा बिद्यालय गरी ५ वटा बिद्यालयमा १०० जना नानिबाबुहरुलाई स्कुल ब्याग, ट्राक सुट,टोपि, शैक्षिक समाग्री बितरण गरेकी थिइन । उनले सुदुरपश्चिमेली नेपाली समाज साउदी, लालिगुराउस नेपाली रेस्टुरेन्ट साउदी , उल्सान नेपाली समाज, फुकुओका सोसाइटी दुख दुख कोष, सुदुरपश्चिमेली नेपाली सेवा समाज माल्टा,लगायत थुप्रै सहयोगी दाताहरुको सहयोगमा निरन्तर सेवा गरिरहेकी छिन् । बाटो घाटो एकदम दुर्गम भए पनि ज्यान जोखिममा राखेर नि प्रत्यक्ष पीडित कहाँ नै पुगेर सेवा गरिरहेकी छिन् ।

जहाँ सरकारको ध्यानाकर्षण छैन त्यस्तो बिकट ठाउँमा पनि पुगिन । जहाँ कोहि पुग्न सक्दैनन् त्यहा समाजसेवी ऐर प्रत्यक्ष पुगिन । यसरी आफ्नो जीवन नै सेवामा समर्पित गरेकी ऐरले आफ्ना हरेक इच्छा आकाँक्षाहरुलाई नि नहेरेर खाउ खाउ लाउ लाउ भन्ने उमेरमा आफुलाई पुर्ण रुपले सेवामा समर्पित गरेकी समाजसेवी ऐरले कसैको दुख देख्न सक्दिनन । उनिकहा हरेक समस्याहरु आउन्छ्न तर नि उनी आफै रात दिन नभनी भोक प्यास सम्म नि नभनी यसरि प्रत्यक्ष सेवामा खटिएकी छिन । समाज बाट हेपिएर अनेक हिंसामा परेर मृत्यु सम्म पुग्ने जोकोहीका लागि नि चादनी ऐर एक प्रेणना बनेकी छिन । उनको जिबनकथा हेर्दा अरुलाई नि हौसला उर्जा साहस मिल्छ । समस्याको समाधान मृत्यु हैन चुनौती सङ्ग सामना गरेर अगाडि बढ्नुपर्छ भन्ने उनको जिबनी बाट प्रेणना मिल्छ ।