प्रेम दिवसकाे सुरुवात र पश्चिमा शैलीकाे अनुकरण :

Image
Nisarga Hospital

मान सिंह धामी : फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ । भ्यालेन्टाइन्स डे को पछाडि एउटा दु:खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् त ?

CP Hospital Dhangadhi

तेस्रो सताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लोडियस थियाे । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन । सामान्यतया Valentine’s Day को रुपमा आज प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ । भ्यालेन्टाइन्स डे को पछाडि एउटा दु:खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् त ?

तेस्रो सताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लोडियस थियाे । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

nawajiwan

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा मन परेन । उनले विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नोलाई क्लोडियसको यो कुरा मन परेन । उनले विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

Attariya Hospital

राजाले ई. पू.२७० को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेन्टाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेन्टाइन डे मा हो ।

आजभोलि भ्यालेन्टाइन डेलाई प्रेम दिवस वा प्रणय दिवस पनि भन्ने गरिन्छ । हुन त याे प्रेम दिवस मनाउने चलन विदेशीहरूकाे देखासिकी हाे । हामी नेपालीहरूकाे कुनै परम्परागत संस्कृति हाेइन । आजको दिन प्रेमका लागि प्राण त्याग गर्ने तिनै सच्चा पादरीको सम्झनामा प्रणय दिवस मनाइने गरिएको हो । पछिल्लो समय भ्यालेनटाइन डे अर्थात प्रणय दिवस (प्रेम दिवस) मनाउनेको सङख्या दिनानुदिन बढ्दो छ भने प्रेम दिवस मनाउने निहुँमा यसलाई बिकृति र बिसङ्गतिको रुपमा प्रयोग गर्नेको सङ्ख्या पनि बृद्धि भएको पाइन्छ ।
यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्काको प्रेम भाव साटासाट गर्ने विभिन्न उपहार दिई मनाउने दिन हो । यो विगतमा पनि मन पराइएको मान्छेलाई चिठीपत्रद्वारा आफ्ना मनमा उब्जेका माया प्रेमका कुराहरु लेखेर चिठीपत्र मार्फत आदानप्रदान गरिन्थ्यो । समय परिवर्तनसँगै अझै भनौं पश्चिमी संस्कृतिको प्रभावस्वस्प प्रेम साटासाट गर्ने तरिकामा परिवर्तन आएको छ । अहिले भ्यालेनटाइन डे प्रणय दिवसको रुपमा यसलाई मनाउँदै आएको पाइन्छ । आजको दिन मन परेको मान्छेलाई प्रेमप्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेम भाव साटासाट गर्ने , गुलाफको फूल आद्रानप्रदान गर्ने साथै विभिन्न उपहार दिइ मनाउने गरिएको पाइन्छ । माया गर्नु, माया गरेको मान्छेलाई प्रेमप्रस्ताव राख्नु , प्रेम दिवस मनाउनु आफैंमा नराम्रो कुरा भने अवश्य पनि हाेइन, तर यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा भने हरेक मायालु जोडी चनाखो हुनुपर्ने देखिन्छ । किनकि प्रणय दिवसलाई सहि तरिकाले मनाउन नसक्दा कतिपयकाे दामपत्य जीवन निराशाजनक बनेकाे छ ।

प्रेम एउटा भावनासँग जोडिएको विषय हो । एउटा सच्चा भावना स्वार्थरहित प्रेम जुनीजुनी प्रेममा स्थायित्व प्राप्त गर्ने प्रेम नै वास्तबमा एउटा आर्दश प्रेम हो । प्रेममा प्राप्ति भन्दापनि त्याग, सर्मपण र विश्वास गर्न सकेको अवस्थामा अझै प्रेम मौलाउँछ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । प्रेम निश्वार्थ हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ माया गर्नेहरूको जमात बढिरहेको देख्न सकिन्छ । यसो हुनु राम्रो होइन । यसकारण फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम नै मिठो र दिगो हुन्छ ।

यसको साथै आजको दिन घरपरिवार साथीभाइ आफन्तजनहरुमा आपसी प्रेम साटासाट गरेर यो दिवस मनाउन सकेकोमा समाजमा आत्मियतता सद्भाव सहिष्णुणता बढ्छ । प्रेम गर्नेहरु घरपरिवारसँग लुकाएर घरपरिवारले दिएको स्वतन्त्रतालाई गलत रुपमा प्रयोग गरेकै कारण प्रेम दिवसको कै कारण कयौं युवायुवतीहरु जीवनकै कहालाीलाग्दो पल भोग्न पनि विवस छन् । यसर्थ सबै युवायुवतीहरुले प्रेमदिवसको नाममा परिवारले दिएको स्वतन्त्रता र विश्वासलाई मर्न नदिउ र आफ्नो स्वार्थरहित प्रेमलाइ पनि बचाऔं । तर आजभाेलि पश्चिमा शैलीकाे अनुकरण बढ्दै गएकाे देखिन्छ । युवायुवतीहरू विभिन्न पार्कहरूका झाडीमा जाने र उस्तै परे ब्लेड चक्कुले शरीरकाे कुनैभागमा मुटु आकारकाे पानकाे पात जस्तै चित्र रेखाङ्कित पनि गरेकाे देखिन्छ । याे एक सामाजिक विकृति हाे ।
प्रेमी-प्रेमिकाबीच मात्र प्रेमदिवसलाई नलिएर आफूँलाई माया गर्ने सबै घरपरिवार साथीभाई, इष्ट्रमित्र सबैसँग प्रेम साटौं, प्रेम दिवस मनाउने हुने थुप्रै जोडीहरु र प्रणय दिवसलाई सकारात्मक रुपमा लिनुहुने सबैमा भ्यालेनटाइन डे( प्रणय दिवस) प्रेम दिवसको शुभकामना । साथै आजक‌ै दिन वसन्त पञ्चमी संयाेग अर्थात सरस्वती पूजा पनि परेकाेकाेले सरस्वती माताले हामी सबैलाई सद्बुद्धि प्रदान गरून् । प्रणय दिवस र सरस्वती पूजाकाे सबैमा शुभकामना छ ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा), दार्चुला