
अत्तरियाः डोटीको आदर्श गाउँपालिका वडा न. ४ मा पुजिदै आएको तेडी देवतामा पूजा आजा गर्दै गरेका धामी कटे बिष्टको गएराती असमाहिक निधन भएको छ ।

हिन्दुधर्मावलम्बीहरुले पूजाआजा गर्दै गरेको तेडी मन्दिरमा प्राय जसो सधै पुजिने गरिथ्यो ।
तेडी देवता र ताडकासुर(तारकासुर) देवता भनेका एकै हुन् । ताडकासुर, ताडकेश्वर, ताडेश्वर, तेड़ेश्वर भन्दै गर्दा यसको अपभारंम्सबाट तेडी नाम रहेको हो । यो मष्ट(मष्टो) देवता हो । शिव पुराणमा यसलाई ताडकासुर (तारकासुर ) भनिएको छ ।





























