
बझाङमा कुकुर बन्ध्याकरण शिविर सम्पनन भएको छ । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर, काठमाडौँको प्राविधिक सहयोग, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको आयोजना शिविर सञ्चालन गरिएको हो । बझाङ जिल्लामा नै दोस्रो. पटक सञ्चालन भएको दुई दिने कुकुर बन्ध्याकरण शिविरमा ७६ कुकुरको बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका डा विनोद बहादुर कठायतले बताउनुभयो ।

छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागी कुकुर बन्ध्याकरण गर्न सुरु गरिएको उहाँको भनाइ छ । बन्ध्याकरणले छाडा कुकुरको जनसङ्ख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा कमी ल्याउनुका साथै प्राणघातक रेबिज सङ्क्रमणमा पनि न्यूनीकरण आउने अपेक्षा गरिएको डा कठायतको भनाइ छ ।

शिविरमा केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर, काठमाडौँका विशेषज्ञ डा विकास गिरी र प्राविधिक सौगात केसीको टिम अपे्रशनमा खटीनुभएको थियो । शिविरमा छाडा छोडिएका कुकुर सहित घरपालुवा कुकुरको अपे्रशन गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङको कार्यालयमा सञ्चालन भएको शिविरमा जयपृथ्बी नगरपालिका ,बुङगल नगरपालिका , सुर्मा गाउँपालिका ,मष्टा गाउँपालिकाबाट घरधनीहरूले कुकुरलाइ बन्ध्याकरणको लागी ल्याएका थिए ।
































