गाउँ समाजका सामन्ती बिषालु सर्पहरुको निर्मुल होस् नाग पञ्चमीको कामना

Image
Nisarga Hospital

म सानै थिए मेरा बुबाले भन्नुहुन्थ्यो यो समाजमा धेरै किसिमका विषालु सर्पहरू छन्। ती विषालु सर्पहरूसँग जुध्न नजानु, मिलेर बस्नु र तिनले भनेको मान्नु त्यतिबेला म सानै थिए। राम्रोसँग कुराकानी बुझ्न जान्दैनथे म बुबाले जे भने पनि बुबाको कुरा काट्दैनथे बुबाले जे सम्झायो त्यही मान्थे र बुबाले भन्नुहुन्थ्यो आहा मेरो छोरो कति ज्ञानी र बचनको पक्का छ !

CP Hospital Dhangadhi

बुबाको जीवन गाउँ समाजका बिषालु सर्प सामन्तिहरुकै डरै डरमा बित्यो त्यसैमाथी बुबा औषधि खाइरहन्थे एकदिन मसँग गाउँ समाजकै कुराकानी गर्दागर्दै यो संसार छोडेर गए!

त्यसपछिका दिनहरू मैले बुबाका कुराहरुलाई नै सोचेर सम्झेर आजसम्म यो समाजमा जसले जस्तासुकै काम गरिराखेको भए पनि चुप्प लागेर बसे! तर आज म बुबा तपाईंले भनेको कुरालाई काट्न बाध्य छु बुबा तपाईं जुन लोकमा भएपनि मलाई माफ गरिदिनु है तपाईंको वचनलाई उतिबेला हुन्छ भनेर आज म तपाईंको कुरा काटिरहेको छु!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आज म ती विषालु सर्पहरूलाई भ्यागुतामा रूपान्तरण गर्न अघि बढिरहेको छु। समाजलाई परिवर्तन गर्नु छ बुबा हजुरजस्तो सोझो र एकदमै सहनशील आफुमाथी कसैले दमन शोषण गरिएको भए पनि चुप लागेर बस्ने मेरो स्वभाव छैन् यदि गलत गर्न दिने हो र गलतको विरोध गर्ने छैनौं भने हाम्रो जीवन पनि तपाईँको जस्तै दुखमा जानेछ र यी विषालु सामन्ती सर्पहरुसँग डडेरै बस्ने हो भने यो समाजमा मात्रै नभएर पुरै राष्ट्रमा आफ्नो विष फैलाउँदै जानेछन्!

समाजका सोझा साझा मानिसहरूलाई हेपिरहने गरी खानेलाई खान नदिने सामन्ती शोषकहरु जतिबेला पनि आफ्नै जित राख्ने आफैं खाउँ आफैं लाउँ गरिरहने राक्षसहरूसँग समाजमा बस्नुहुन्छ भने डरेर होइन लडेर अघि बढ्नुपर्छ !

यो समाजमा केही गरेर देखाउनेछु दुखी बनेर हैन दुखी बनाउनेलाई तह लाएर अघि बढ्ने छु कसैलाई पनि दुःख दिने काम गर्ने छैन यदि कसैले कसैलाई दुःख दिने काम गरिरहेको छ भने म त्यस्ता व्यक्तिहरूलाई छोड्ने छैन। बुबा मलाई मात्रै आशीर्वाद दिनुहोस्!

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur