लक्ष्मी दत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

टुटे हुए रिश्ते से रिश्ता मिलाते चलाे
दुनियाँ मैं कुछ ताे नेकी कमाते चलाे
चाँद में भी दाग ढूँढ लेते है यह दुनियाँ
सभिकाे बंधुत्व का पाठ पढाते चलाे
माँ बाप दादा दादी रहते है जिस घर मैं
विश्वासका ऐसा घर अपना वनाते चलाे
जोड़कर अपनी कमाई जो है साथ मैं
कुछ भाग नेकी के लिए लुटाते चलाे
जिन्दगी का पुराना पेज मोड़कर देखाे
माँ बाप ओर वतन के चित्र बनाते चलाे
भराे अपना दामन दुआ से बडाें की
अपनी जिन्दगी खुशी से सजाते चलाे

CP Hospital Dhangadhi

॥१॥

सभी साथ रिस्ता निभाते चलाे
यहाँ दर्द पीडा छिपाते चलाे
यही ताे धरा है गुजारा जहा
खुशी से हमेशा मिलाते चलाे
यहीँ जिन्दगानी बहारे कहाँ
गमों के सहारे कमाते चलाे
चलाे सत्य रास्ता मिलेगी दुवाँ
वही है जवानी सजाते चलाे
सभी का सहारा मुलाकात से
नँयी जिन्दगानी डुलाते चलाे
वही देख धारा गंगा है यहीँ
किनारा नदी का मिलाते चलाे
बुझा प्यास माँ का नदी धार से
दुअाँयें मिलेगी पिलाते चलाे
वही आइना था खुशी या भरी
खुशीया सभीकाे दिखाते चलाे
कहानी थि मेरी यही जिन्दगी
फरिश्ता अकेला सुनाते चलाे
जरा प्यार दे के बसाओ यहाँ
खुशी जिन्दगानी जताते चलाे

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

सुरताल मिलाएर करुण गीत गाए हुन्छ
बन्धन सारा फुकालेर मुटु भित्र धाए हुन्छ
जीन्दगीको चौतारीमा पूणिर्माको आभासंग
आफन्त र आमा बा काे सत्य माया पाए हुन्छ
वसन्तको कोपिला झै मुस्काएका अधरहरु
प्रभा किरण श्रृगार बनि मुहार भरि लाए हुन्छ
वसन्तको याम संगै पालुवाको याैवन सरी
दिल भित्र फूल बनि मुटुमाथि छाए हुन्छ
पूणिर्माको चाँद सरी शितल दिने चाँदनीमा
सकारात्मक बिचार लिई भेट गर्न आए हुन्छ
आफन्तको चोला भिरी भित्र भित्रै काटनेसंग
त्यसताबाट एक्लै बसी कमाएर खाए हुन्छ

॥३॥

नदीकाे भेलमा परे पछि तर्नै पर्छ साथी
जन्मे पछि एक दिन त मर्नै पर्छ साथी
एक्लै जन्म लियो यहाँ जानु पनि एक्लै रै छ
लिई साथ दुःख सुख काम गर्नै पर्छ साथी
राती देख्ने सपनीमा कोपिला मै फूलहरु
विपनीमा फूल बनि यहीँ झर्नै पर्छ साथी
मेराे पुर्खा राम्रो भनि फूर्ति लाउने मान्छेहरु
बोझकाे भारी सिरमा बाेकी सर्नै पर्छ साथी
झुक्याएर सोझालाई शिखरमा पुगे पनि
अन्ततिर यो माटो कै शरण पर्नै पर्छ साथी
तराजुको ढकपल्ला झै जीन्दगीका पाटाहरु
थाेपाहर पसीनाका धरणीमा छर्नै पर्छ साथी
सधै हास्न जान्ने मान्छे कैले काही रुनु पर्छ
जे जे खायो उस्ले यहाँ सबै भर्नै पर्छ साथी
गास बास कपास खोज्दै बिदेश तिर पसे पनि
ईमान आफनाे बचाउन सधै डर्नै पर्छ साथी

॥४॥

आँसु पुछ्ने कोही हुन्न आँखाबाट आँसु झर्दा
कसले हेर्छ निरीहलाई जीवनमा दुःख पर्दा
पैसामा नै रम्नेहरु लुट्ने गर्छन निरीहलाई
अस्तित्व नै के रह्यो र सत्यबाट पर सर्दा
जति रोए कराए नि ढुङ्गाको मन हुनेहरु
सुने पनि नसुने झैँ गर्छन यहाँ बिन्ती गर्दा
जीवनमा सुख दुख दुवैको मेल हुन्छ अरे
सुखी दुखि सबै रुन्छन बिरहमा मुटु भर्दा
भयो भने ईष्र्या गर्ने नभएमा खुशी हुने
सत्यप्रेमी बन्थे होला भातृत्वको अर्थ छर्दा
लक्ष्मी दत्त भट्ट
Dhnagadhi & Krishanapur