लक्ष्मी दत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
भाेग्दै छु आज मैले पहर जीन्दगीको
पल पल मरेर बाँच्ने कहर जीन्दगीको
CP Hospital Dhangadhi
उर्लिन्छ ज्वारभाटा सागर नदि मिलेमा
मजधार मै विलाए सहर जीन्दगीको
खुशीहरु पचासौ दुःखै हजार हुन्छन
तर्नै छ गाह्रो ऐले नहर जीन्दगीको
nawajiwan
कामै गरे हजारौ भो हात सुन्य अहिले
प्याला बनाई पिए जहर जीन्दगीको
गीतै बनाई गाए सुन्छन् कि काेही भन्दै
गजल भएछ मेरो बहर जीन्दगीको
मान्छे बनेर जन्मे पाउँछु कि साथ भन्दै
दिदैन साथ काेही छ लहर जीन्दगीको
॥१॥
दुःख पर्दा नदेख्नेले कहाँ साथ दिन्छन अचेल
काध चढी आफ्न्त कै धन पैसा गन्छन अचेल
पुर्णिामा को जुनलाई पनि कालो दाग देखाएर
दोबाटोमा अल्झाएर अन्तै गई मिल्छन अचेल
गाई मारी गधा पोस्ने चलन कस्तो आयाे हजुर
डाडा काटी आफन्तलाई आफै गई किन्छन अचेल
संग संगै हिडने सहयात्री हुदैन है जीवन साथी
स्वार्थ पुरा भए पछी अर्कैसंग हिन्छन अचेल
संगै मर्ने सगै बाच्ने मन्दिरमा कसम लिने हरु
धोका दिई छोडी जाने भित्री मुटु चिर्छन अचेल
॥२॥
Attariya Hospital
मपाई भन्ने भाव छोडी तपाई भन्न थालौ हजुर
सत्य समाज बनाउन शान्ति दीप बालौ हजुर
अबिश्वासले होईन साथी बिश्वासले संगै बसी
च्यातिएको मुटुलाई माया गरी टालौ हजुर
रातो रगत सबको हुन्छ सबै हुन्छन बराबरी
घमण्डको भावनालाई मनैबाट फालौ हजुर
सत्यबाटो हिन्यो भन्ने आफै सत्य देखिन्छ रे
शान्तिमय जीवन जीउन सत्य कदम चालौ हजुर
फलाउन संस्कारलाई दिलको कपट हटाएर
ईमान आफ्नो बचाई राख्न सत्यभाव पालौ हजुर
॥३॥
के छ लिनु के छ दिनु दुई दिनको चोला हजुर
बाचुञ्जेल तेरो मेरो मरे पछि खोला हजुर
सधै भरी भौतारीनु उकाली र ओरालीमा
पेट भर्न बोक्नु पर्ने दाना पानी झोला हजुर
हुने रगत सवको रातो भेदभाव गछौ किन ?
जा तोले नि समान हुन्छ सुन तोल्ने तोला हजुर
बस्ने देश हाम्रो एउटै दाजु भाई लडने किन ?
जन्मभूमि रुवाउन भ्रष्टाचारका गोला हजुर
माया ममता दया धर्म प्रकृतिको देन हामी लाई
स्वार्थ पुरा गर्न किन ? रिस रागको सोला हजुर
लक्ष्मी दत्त भट्ट

धनगढी , कैलाली