बझाङमा सार्वजनिक बित्त व्यवस्थापन सुधारका लागी स्थानीय लेखा समितिको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

बझाङमा सार्वजनिक बित्त व्यवस्थापन सुधारका लागी स्थानीय लेखा समितिको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमिटेड नेपालको आयोजना द एसिया फाउण्डेसनको सहयोगमा यही कार्तिक ६ गते बाट सञ्चालन भएको सार्वजनिक बित्त व्यवस्थापन सुधारका लागी स्थानीय लेखा समितिको भूमिका विषयक दुई दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

CP Hospital Dhangadhi

वित्तीय सुशासन कायम गर्न नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता पुष्टि हुने गरी आर्थिक प्रशासन सञ्चालनका लागि आवश्यक नीति, योजना, कार्यक्रम निर्माण गर्र्न , सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको परिपालना गर्न, गराउन आवश्यक सहयोग पुग्ने केदारस्यु गाउँपालिका लेखा समिति सदस्य तस्बिर बिकले बताउनुभयो ।

१२ वटै स्थानीय तहका जनप्रतिनिधि, लेखा अधिकृत आलेप अधिकृतहरूको सहभागीता रहेको कार्यक्रममा लेखा समितिको काम कर्तव्य र अधिकार, बेरुजु फचौट लेखा परीक्षण लगाएतको बिषयमा जानकारी गराइएको थियो ।

nawajiwan
Attariya Hospital

जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष गणेश बहादुर विश्वकर्मा रहनुभएको थियो । कार्यक्रममा पुर्ब महालेखा परीक्षक महेश्वर काफ्ले र अनिरुद्र न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको समापन गदै जिल्ला समन्वय समितिका प्रमुख बोहराले यो कार्यक्रम जिल्लामा सञ्चालन हुनु नै ठुलो उपलब्धि रहेको भन्दै यस्ले स्थानीय तहको बेरुजु घटाएर स्थानीय तहमा सुशासन ल्याउन मद्धत पुग्ने बताउनुभयो ।