लक्ष्मीदत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जीन्दगी भर सधै एकै नास हुन्न साथी
उमेर बित्दा सधै एउटै मास हुन्न साथी
समयको फेर संगै रोजी रोटी खोज्दा खेरी
परीवार अनि आफ्नाेसंगै सधै बास हुन्न साथी
आमा बुवा जन्मभूमी एउटै यहा भए पनि
परीवार तथा पहिचान सवको खास हुन्न साथी
जाती धर्म बुद्धि विवेक रुप फरक भए पछि
समाजमा सबै संग एकै आश हुन्न साथी
रोप्नु पर्छ अन्न वाली पाके काटी चुट्नु पर्ने
ईलम र दुख बिना अन्नको रास हुन्न साथी

CP Hospital Dhangadhi

॥१॥

पलैहरू जिन्दगी का फुटेपछि मान्छे रुन्छ
साथ दिने नाताहरू टुटेपछि मान्छे रुन्छ
जीन्दगीका लक्ष्यहरू बोकी हिँड्ने मान्छेहरू
उद्देश्यका चुलीहरू लुटेपछि मान्छे रुन्छ
सँगै जीउने सँगै मर्ने बाचा कसम खानेहरु
माया गर्ने मायालु नै छुटेपछि मान्छे रुन्छ
रमाएरै सँगै बस्ने जीवन साथीसँग पनि
दैवले नै भाग्य माथि कुटेपछि मान्छे रुन्छ
धन छँदा साथी भाई नभएमा छोडी जाने
आफ्नो मान्छे पराईतिर जुटेपछि मान्छे रुन्छ

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

आफु भोकै बसेर नि बच्चालाई माम दियो
आँचल भित्र लुकाएर प्रकृतिमा नाम दियोे
सभ्यताको शिक्षा दिदै संस्कारको पाटा भित्र
कर्म प्रति आस्था हुने शिक्षा अनि काम दियो
डाडा काडा पाखा भिर बेदनालाई कैद गदै
मुटु भरी माया अनि भण्डार भरी दाम दियो
नैतिकताको आँचल भित्र जीवनलाई कैद गदै
देवभुमी , जन्मभुमी तिर्थ यही धाम दियो
आफु मरी संन्तानलाई ईमानको शिक्षा दिदै
दुधँको धारा बगाउदै रवि जस्तै घाम दियो
॥३॥
स्वार्थी बनेर ऐले डुल्दै छ आज मान्छे
मेला रहेछ यस्तै भुल्दै छ आज मान्छे
यस्तो जमात आयो स्वार्थी बढेर होकी
नाता भए छ खाली झुल्दै छ आज मान्छे
छाेडेर आउदै थे याे प्रेम को कहानी
काैडी भयो निसानी घुल्दै छ आज मान्छे
बाचा गरेर बाच्ने आशा लिएर हाँसे
छाेडेर आज आफ्ना चुल्दै छ आज मान्छे
यो अन्धकार चिर्दै हाेला प्रभात भन्दै
बिस्वास मात्र बाकी फुल्दै छ आज मान्छे
॥४॥
जीवको ज्यान सौगात हो जिन्दगी
पुर्णिमा चाँदनी रात हाे जिन्दगी
कामना मात्र के चाहियो भाग्यमा
माकुरी जाल झै घात हाे जिन्दगी
कर्म को खेलमा मस्किदै लच्किदै
बालकाे माधुरी बात हाे जिन्दगी
जिन्दगी काे यहाँ अर्थको वृत्तमा
प्राप्तिको आस मै गात हाे जिन्दगी
रम्यता प्रेममा स्वर्ग नै पाउदा
स्वार्थमा जाकिने मात हाे जिन्दगी
जिन्दगी रै छ यो कोपिला का सरी
भानुकाे राेशनी प्रात हाे जिन्दगी
मोह माया भरी जिन्दगी भार भाे
प्रेम मै अल्झिने खात हाे जिन्दगी
लक्ष्मीदत्त भट्ट
धनगढी, कैलाली
Dhnagadhi & Krishanapur