
मुक्तक
कत्ति छाएन खुसीको बाहार खल्लो भयो
बर्ष दिनको ठुलो काजबार खल्लो भयो
न गालामा माला पाए न नधिरारमा टीका
म प्रदेशी अभागीको तिहार खल्लो भयो!

मुक्तक २
दिदिबहिनी बाट भाईटिका लाउन पाएन
घर परिवार साथिभाई सँग रमाउन पाएन
मेरै बाटो हेरि घरमा दिदिहरु बसेको थिए
आउँछु आउँछु भनेकै हो घर आउन पाएन
पारस भट्ट प्यासी – सुदुरपश्चिम बैतडी





































