लक्ष्मीदत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

बाधा नपार कैलै पुर्खा र बात लाई
कोही सहन्न तिम्रो पेसा र हात लाई
हाे सत्यको धरा यो आँखा नगाढ साथी
देला लगाई आगाे गुण्डा र मात लाई
थाप्लो उठाई ठाडो पारेर बाच्नु पर्दा
हेला नगर्नु कैलै आमा र थात लाई
हासो खुशी र पीडा साथी बनाई बाचौं
सानो नठान कैलै बेला प्रभात लाई
मेरो र आफु को हो मन्मा लिएर बस्ने
छोडेर जानु पर्ने जाती र जात लाई
ऐले सुधार्न सक्छौ बेला छ जिन्दगीको
गाह्रो नमान्नु कैलै काडा र पात लाई
खाटा दुखेर पीडा होला नि भित्र मित्रै
देख्दैन आशु लक्ष्मी औशी र रात लाई

CP Hospital Dhangadhi

॥१॥

उ पैल्ये त साचो जमाना थियो
खुशी जिन्दगीको बहाना थियो
सबै साथ बस्ने ति आफ्ना हरु
जहाँ शुद्ध पाक्ने त खाना थियो
अनेकौ थिए साज बाजा यहाँ
सधै शान्तिको गीत गाना थियो
रहन्थे मिलेरै ति अामा बुवा
जहाँँ बास बस्ने त छाना थियो
सदा प्रेम गर्ने बिवेकी थिए
दया धेर छर्ने खजाना थियो
दिए सत्य बाणी सयोगी बनी
सधै हेर्न मिल्ने त पाना थियो

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

बस्ने बिशौनी थल छैन बाकी
सुन्थे कहानी वल छैन बाकी
हाली मुहाली कति गर्छ मान्छे
जाने जवानी पल छैन बाकी
छोडेर जाने छन साथ सारा
यस्तो परानी छल छैन बाकी
खाली छ मान्छे किन गर्नु आषा
यो जिन्दगानी फल छैन बाकी
यात्रा सुमार्गै पथ चल्न खोज्ने
प्यासी छ मान्छे जल छैन बाकी
खाली छ मेला दिन चार लक्ष्मी
स्वार्थीपनाकाे हल छैन बाकी
॥३॥

छुटे प्रेम के भो तिमी बम्क साथी
सदा काम गर्दै खुशी छम्क साथी
उनै जन्म दाता र शाखाहरुको
समाएर पंखा तिमी हम्क साथी
सफा राख आत्मा हटाएर ईश्र्या
अबिश्वास तोडी तिमी गम्क साथी
सहारा बनाऊ छ या साथ तिम्रो
यसैमा रमाई तिमी चम्क साथी
टुटे स्वप्न सारा भए दूर नाता
जता सत्यप्रेमी उतै लम्क साथी

 लक्ष्मीदत्त भट्ट

धनगढी, कैलाली

Dhnagadhi & Krishanapur