शृङ्गारिक मुक्तक -ओठमा ओठ मिलाएर चुम्न पाए पो मजा..

Image
Nisarga Hospital

झलमल्ल जवानी अनुहारमा चमक रोशनी हुनुपर्छ
मिठा बात एक अर्काको बोलिमा मोहनी हुनुपर्छ
प्रेमिल जिन्दगी जिउनुको तब पो मज्जा आउँछ
झुम्म प्यार हुनुपर्छ थोरै थोरै रोमाञ्च पनि हुनुपर्छ

CP Hospital Dhangadhi

मुक्तक २
कहिले छोड्ने छैन तिमिलाइ राखुँला साथैमा
प्रीय मान्छे बसौली आँडैमा मोहि खाउली गालैमा
आउन एकपल भएपनी मेरो नजिक भएर त हेर
मज्जासंग ओठमा ओठ चुमौली बसेर काखैमा

मुक्तक ३
झ्यालबाट हेरिहेरी रात बिताए हिजो राती पनि
दुखी मनलाइ सम्झाए बुझाए हिजो राती पनि
तिमी आउँछु आउँछु भन्यौ बेस्सरी ढाँट्यौ
म कत्ती तड्पिए छट्पटाए हिजो राती पनि

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मुक्तक ४
प्रेमिल बातहरु संगै डुल्न घुम्न पाए पो मजा
अरे ओठमा ओठ मिलाएर चुम्न पाए पो मजा
आफ्नो प्रेमीसंग रसपानको दुनियामा पौडीएर
मध्य मध्य रातमा मजासंग झुम्न पाए पो मजा

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur