सुरेश कुमारका केही उत्कृष्ठ गजल

Image
Nisarga Hospital

कहाँ पुगेर टुङ्गिन्छ जीवन सफर हाम्रो,

CP Hospital Dhangadhi

कसले दिन्छ गन्तव्य कहाँ खबर हाम्रो।

समाजको एउटा अङ्ग बनेको छु मै पनि,

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मिल्छ की मिल्दैन त्यही घट बगर हाम्रो।

नतमस्तक गवारा छैन कुरितीमा मलाई,

कुसंस्कारका  जरा काट्ने छ रहर हाम्रो।

बगाउँछन् रगत पसिना ति ज्यामिहरूले,

लुटेरा रमाउँछन छ व्यवस्था गदर हाम्रो।

जब खिल्छ अन्न फाँटमा भोको पेटपनी,

फूल जस्तै  मुस्कुराउँछ सधैँ अधर हाम्रो।

आफै पनि रूपियाँ तिर हेर्छु हासो लाग्छ,

बनि छातिमा आरपार पुगे खञ्जर हाम्रो।

॥१॥

कस्तो हुन्छ सधै अन्याय अत्यचार जताततै,
देखिनथाले सैतानहरूका बफादार जताततै।
मानवता बिहिन छन् मानिसहरू रोबट सरह,
समाजमा भयो आतङ्ककै आधार जताततै।
धर्म र पापको परिभाषा केहो नर्क र स्वर्गको,
बन्छन् सिध्धाउँन आफैले हतियार जताततै।
खोकलो छ सिस्टाचार स्वार्थिको सङ्खनाथ,
कात्रोको समेत हुन्छ घाटमै व्यापार जताततै।
गरिबको कहाँ थियो र सरकार संसारभरिमा,
लुटहाका महल भएकाछन् संसार जताततै।
पसिनामा हुन्छ रजाईँ रगतको हुँदैन हिसाब,
आतङ्कको नै हुन्छ सधैँ कारोबार जताततै।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur