
मुक्तक
किन सधैभरी पापी सोच बनाउनुहुन्छ मूर्ख मान्छेहरु ?
मलाई हान्ने कुट्ने धम्की सुनाउनुहुन्छ मूर्ख मान्छेहरु
कसैलाई मारेको छैन कसैको कुभलो चिताएको छैन,
सित्तैमा मसँग रिस गरेर के पाउनुहुन्छ मूर्ख मान्छेहरु?

मुक्तक २
जाउ जाउ पापी यहाँ के गरेको छौर? गाउँघर छोडी जाउ
उतै घर जम बसाल है छेपारो भ्यागुतो सँग माया प्रेम लाउ
मैले लेखेका रचनाहरुले गाउँमा बस्नै गार्ह्यो भो भन्नेहरु,
बाँदर, बदेल, स्याल सँग जँगल मै बसेर कन्दमूल खाउ!
पारस भट्ट प्यासी – मेलौली
दुई सुन्दरभुमी सेलि बैतडी





































