
रुकुमतीलाई सबैले माया गरेर “रानी” भन्थे, रानी सबैसँग मीठो बोल्थिन् र सबैकी प्रिय थिइन् उनले कक्षा दस पास गाउँकै सरकारी विद्यालयबाट पूरा गरिन्। पढाइमा अब्बल भएकी रानीलाई शिक्षकहरूले पनि धेरै माया गर्थे। साथीहरूका लागि उनी उदाहरणीय थिइन्। उनी केवल सुन्दर मात्रै थिइनन्, दयालु र मिलनसार पनि थिइन्।

करिब पन्ध्र–सोह्र वर्षको उमेरसम्म आमाबुबा, दिदीबहिनी र दाजुभाइको मायालु काखमा हुर्केकी रानीले उच्च शिक्षाका लागि सहर गइन्। सहर पुगेर केही समय उनले आफ्नी फुपूको घरमा बास गरिन्। फुपू पनि उनलाई आफ्नै छोरीसरह माया गर्थिन्। तर, समय बित्दै गएपछि रानीलाई आफ्नै ठाउँमा स्वतन्त्र भएर बस्न मन लाग्यो। उनले सहरमा एउटा कोठा भाडामा लिएर बस्न थालिन्।
गाउँमा ठूलो परिवार भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन। छोरीको पढाइको खर्च जुटाउन उनका बुबा विदेश लाग्नुभयो। आमाले आफ्ना आँखा रसाउँदै छोरीलाई सम्झाउनु भयो, “रानी, तिमी पढेर ठूलो मान्छे बन्नू। हाम्रो दुःख तिमीले मेट्नेछौ।उनका दाइले पनि बेला–बेला सहरमा आएर रानीलाई सम्झाउनु हुन्थ्यो। “राम्ररी पढ्नू, बजारतिर धेरै नडुल्नू, अपरिचित मान्छेसँग नहिँड्नू,” भन्दै दाइले उनलाई सल्लाह दिन्थे। रानीले पनि दाइको कुरा सहमति जनाउँदै मुन्टो हल्लाउँथिन्।




गाउँको पुरानो घर वर्षातको समयमा चुहिन्थ्यो। गोठमा पानी पसेर गाईबस्तुलाई बस्न गाह्रो हुन्थ्यो। केही समयपछि दाइले गाउँलेसँग ऋण लिएर नयाँ घर बनाए। दाइको पनि विवाह भयो। विवाहपछिको जीवनले उनलाई जिम्मेवारीपूर्ण बनायो। तर, खर्च बढेपछि उनले पनि विदेश जाने योजना बनाए। विदेश जान सजिलो थिएन। गाउँलेसँग ऋण माग्न आँट भएन, किनभने पहिलेको ऋण नै तिर्न बाँकी थियो। अन्ततः आमाको गरगहना बेचेर विदेश जानुभयो।
दाइले बहिनीलाई माया गर्थे। बेला–बेला पैसा पठाउँदै भन्नुहुन्थ्यो, “राम्ररी पढ्नू, आफ्नो ख्याल राख्नू, गलत बाटोमा कहिल्यै नहिँड्नू।” तर सहरमा रानीको एउटा सहरिया केटासँग गाढा प्रेम बसेको थियो।
फुपूले उनीहरूलाई बजारतिर घुमिरहेको देख्नुभएको थियो। फुपूले सोध्दा रानीले टार्दै भनिन्, “त्यो त साथी मात्र हो।” तर फुपूले केटासँगको सम्बन्धबारे गहिरो शंका गर्न थाल्नुभयो।
केही समयपछि रानीले बुबालाई कलेज जान आउन स्कुटर किनिदिन आग्रह गरिन्। बुबाले छोरीको माग स्वीकार्नुभयो। “कान्छी छोरीले पढेर राम्रो गर्छे,” भनेर उहाँले सोच्नुभयो। स्कुटर पाएपछि रानीको सहरिया प्रेमीसँग भेटघाट झन् सजिलो भयो।
फुपूलाई चिन्ता बढ्दै गयो। उनले विदेशमा रहेका दाइलाई सम्पूर्ण कुरा बताए। दाइले बहिनीलाई सम्झाउन धेरै प्रयास गरे। तर रानीले दाइलाई “फुपूले सबै कुरा झुटो भनिन्,” भनेर ढाँटिन्।
दाइले रिसमा पैसा पठाउन छोडे। रानीले झन् नपत्याउने गरी दाइलाई फेसबुकबाट ब्लक गरिन्। यसले दाइलाई उनको असली चरित्र थाहा भयो।
रानी पढाइसँगै जापानी भाषा सिक्दै थिइन्। स्टुडेन्ट भिसामा जापान जाने योजना बनाउँदै थिइन्। उनले बुबालाई पन्द्र -बिस लाख रुपैयाँको आवश्यकता परेको बताइन्। बुबाले विदेशमा रहेका छोरासँग सल्लाह गर्नुभयो। छोराले बुबालाई पहिले बहिनिको बिहे गरिदिनुपर्छ अनि बिदेश पठाउँला बहिनिलाई सल्लाह गर्नु भनेर भन्नुभयो!। बुबाले रानी सँग विवाहको कुरा गर्दा रानीले आफ्नो प्रेमिले केही वर्षपछि मात्रै बिहे कुरा कुरा बताइन्।
रानिको बुबाले त्यसो भए ठिकै छ अलि अलि पैसा हामी गर्छौँ अलि हुनेवाला ज्वाइले गर्छन् “पहिले विदेश जाऊ, पढ र कमाउन थाल। पछि बिहे गरिदिन्छौं।” रानी राजी भइन्। केही समयपछि उनी जापान उडिन्।
जापानमा उनले पढाइसँगै काम गर्न थालिन्। बिस्तारै उनले परिवारलाई पैसा पठाउन थालिन्। बुबा एकातर्फ खुसी हुनुहुन्थ्यो, अर्कातर्फ छोरीको उमेर बढ्दै गएको चिन्ताले सताउन थाल्यो। तर बुबाले छोरीले “ज्वाइँ खोजिसकेकी छ भनेर ढुक्क हुनुहुन्थ्यो।
जापान गएको तीन–चार वर्ष भइसकेको थियो। त्यसबीचमा रानीले आफ्नो हुनेवाला श्रीमानलाई प्रशस्त पैसा पठाइसकेकी थिइन्। तर, एक दिन उनले त्यो केटाको फेसबुकमा अर्कै केटीसँग बिहे गरेको तस्बिर देखिन्। “मेरो जिन्दगी” लेखिएको फोटोमा बेहुला बेहुली खुसीले मुस्काइरहेका थिए।
रानीको जीवनमा यो सबैभन्दा ठूलो धोका थियो। सहरमा हुँदा केटाले केवल स्वार्थ पूर्तिका लागि उनको माया गरेछ। उनले कमाएको धन सम्पत्ति लुटेछ।
धोका पाएको भावनाले उनलाई गहिरो तनावमा पुर्यायो।
अन्तत रानीले मानसिक सन्तुलन गुमाइन्।
पारस भट्ट प्यासी – सुदूरपश्चिम, बैतडी
































