

काम सानो वा ठूलो हुँदैन। जुनसुकै काम गरियोस्, त्यसले खुसी दिन सक्नुपर्छ। यदि त्यस्तो कामले खुसी दिँदैन भने, त्यसलाई जारी राख्नु हुँदैन, किनभने त्यसले हामीलाई मानसिक रूपमा कमजोर बनाउँछ।
पार्टी राम्रो वा नराम्रो हुँदैन। पार्टीको स्तर त्यसभित्रका व्यक्तिहरूले गरेका कर्मले निर्धारण गर्छ।
जात पनि सानो वा ठूलो हुँदैन। सानो-ठूलो भन्दिनु र त्यसमा जिद्दी गर्नु मूर्खता हो।




देश राम्रो वा नराम्रो हुँदैन। सेवा, सुविधा र विकासको स्तरमा भिन्नता हुन सक्छ, तर त्यसलाई स्वाभाविक मान्नुपर्छ।
मानव जीवनलाई सबैभन्दा धेरै क्षति घमण्डले पुर्याउँछ।
सत्कर्म गर्नु नै सबैभन्दा ठूलो धर्म हो।
मानिसले गम्भीर भएर सोच्न र बस्न जान्नुपर्छ। आवश्यकता भन्दा बढी आत्तिनु असमझदारी हो।
चेतनशील प्राणीका लागि धैर्यता, सहनशीलता र लगनशीलता अनिवार्य गुण हुन्।
संघर्षले मात्र सफलता प्राप्त हुन्छ, अनि सफलताले साँचो खुसी दिलाउँछ।
– पारस भट्ट ‘प्यासी’
सुदूरपश्चिम, बैतडी

































