कविता: म कपाल प्रेमी

Image
Nisarga Hospital

जब मेरो कपाल हावामा उड्थ्यो
मनको हुस्सु खुल्थ्यो
मेरो अनुहारमा चमक छाउँथ्यो
न्यानो बिहानीको जस्तो।

CP Hospital Dhangadhi

मेरो कपाल कयौं मान्छेको लागि आकर्षन थियो
मेरो पहिचान थियो
केशका ती रेशाहरू,
बगैचामा फुलेका फुलहरू झैं
सुन्दर देखिन्थे

जब म ऐनामा हेर्थे
हातले कपाल कोर्दै,
रमाउन खोज्थे
म आफ्नै रोमान्चमा।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लामो होस्, छोटो होस्,
बाङ्गोटिङ्गो या सोझो—
त्यो कपालको मिठो माया
बोकेर हिँड्ने मान्छे थिए म
बाटोमा हिँडिरहेका मान्छेको
कपाल सँग समेत म रमाउथे
म कपाल प्रेमी

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur