सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

मानिसभित्र मानवता बिसुर हुदा पनि,
आस पलाइरहन्छ चक्नाचुर हुदा पनि।
छोरालाई बा आमा भन्दा अन्तैछ मोह,
पुग्दैन उसलाई मायाँ भरपुर हुदा पनि।
उसले मेरै कठालो छोप्यो सकिन मैले,
मायाँ उस्तै छ उ मनबाट दूर हुदा पनि।
कसरी हात हिलाई बिदा गर्छिन् आमा,
मुस्कुराउँछिन् आँखाभरी नूर हुदा पनि।
छोरा आउँन छाडेको त भर्खर बाटै हो,
धाइरहन्थ्यो जीवनी एक धुर हुदा पनि।

CP Hospital Dhangadhi

॥१॥

किन स्वाभिमानको व्यापार हुनथाल्यो,
देश बेचनेहरू यहाँ साहुकार हुनथाल्यो।
यो पुँजिवादकै देन होला धनकै लोभमा,
आमाको कोखभित्र नै दरार हुनथाल्यो।
छोरा पाउँन सुलिमै चड्न पछि नपर्ने बा,
उसैको गर्धन शेर्ने हतियार हुनथाल्यो।
राजनीति पद प्रतिष्ठा कस्तो चिज रहेछ,
यसैमा पनि अचेल कारोबार हुनथाल्यो।
आज मालेमा कै झण्डाको ओटमा पनि,
कुनै हिटलर हुनथाल्यो जार हुनथाल्यो।
वेइमान अपराधीकै बिगबिगी जता पनि,
काल कोठरीमै बन्द इमान्दार हुनथाल्यो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

युवा शक्ती देशभित्रै लगाए बिकास हुनसक्छ,
तर यही चाला रहे देशकै सत्यनाश हुनसक्छ।
आज आमा चिन्न छाडे बाबा चिन्न छाडिसके,
परनिर्भरमा त हाम्रो देश सधैँ दाश हुनसक्छ।
न लगाऊ कसैले जातिय र क्षेत्रिय नारा सधैँ,
गृहयुद्धमा आफ्नै सन्तानको लाश हुनसक्छ।
रगत बगाउँनु नै छ भने बगाऊँ देशको लागि,
त्यो आन्दोलन बरू संसारमै खास हुनसक्छ।
मेल मिलापमा समाज चल्छ घर चल्छ यहाँ,
आपसि लडाईमा सुःख्ख वाइपास हुनसक्छ।
कसैले क्रान्तिका गफ गर्छ भने यो अबस्थामै,
नपत्याउनु त्यो झुटा कोरा बक्वास हुनसक्छ।

॥३॥

सपना देखायो धन्मानकै वेरोजगार बनायो,
युवाशक्तिहरूलाई आफ्नै हतियार बनायो।
मौकाको तलासमै ढुकेका कतिछन् कती,
आफ्नो स्वार्थका लागि घरमै दरार बनायो।
कुटिन्छन् भट्टीमा फलाम जस्तै श्रमजिवी,
जसले सिङ्गार्यो जगमग यो संसार बनायो।
फांटैभरी फलायो धान मकै र गहुं किसान,
भोकै रह्यो अरूलाई जिउने आधार बनायो।
दियो अमूल्य मत आफ्नै केही हुन्छ भनेर,
गयो अवसरवाद आफ्नै सरकार बनायो।
कतिसम्म सहौं हामी आफ्नो उस्तै तमाशा,
उही छ वेघर असाय जसले दरबार बनायो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur