कञ्चनपुरकी प्रतिभा २१ दिनदेखि बेपत्ता

Image
Nisarga Hospital

धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा बस्ने भीमदत्त भट्टकी १४ वर्षीया छोरी प्रिया भट्ट (प्रसिद्ध नाम: प्रतिभा) २१ दिनदेखि बेपत्ता छिन्। उनी पुस १ गते घरबाट हराएकी थिइन्।

CP Hospital Dhangadhi

पारिवारिक स्रोतका अनुसार प्रिया हराउनु अघि धनगढीमा आफन्तको घरमा बसेकी थिइन्, तर त्यहाँबाट पनि बेपत्ता भएकी हुन्। उनी अन्दाजी पाँच फिट उचाइ र गहुँगोरो वर्णकी छन्।

उनका परिवारले प्रिया देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा निम्न नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ:

nawajiwan

९८६२४१९९१९

Attariya Hospital

९८६६५०२६१७

९८४८६८३३२५

परिवारले प्रियाको खोजीमा सहयोग गर्न सबैमा अपिल गरेका छन्।