
धनगढी : टीभीएस मोटर्सको धनगढीका लागि आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्समा टीभीएस एक्सचेञ्ज मेनिया चलिरहेको छ । पुस २८ गतेदेखि सुरु भएको एक्सचेञ्ज मेनियामा ग्राहकले आफ्ना कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी नयाँ टीभीएसको मोटरसाइकल वा स्कुटर पाउन सक्नेछन् ।


एक्सचेञ्ज मेनियामा निःशुल्क इएमआईसँगै ७.९९ प्रतिशत न्युनतम व्याजदर, नगद १० हजार भन्दा माथि छुट अफर, निःशुल्क एसेसोरिज हेल्मेटका साथै टीभीएस लाइफटाइम वारेन्टीको अफर राखिएको छ । टीभीएस एक्सचेञ्ज अफर यही माघ ४ गते (शुक्रबार) सम्म सञ्चालन बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।
































