लक्ष्मीदत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

सेती काली कर्णालीले पलेको छ मेरो गाउँ
कृषकको पसिनाले गलेको छ मेरो गाउँ
धेरै जाती भेष भुषा बगौचाको फुलवारी
सुन्दर शान्त अखण्ड भै चलेको छ मेरो गाउँ
प्रकृतिको फाट संगै अपि सैपाल शिखरले
पुनमको शशी सरी बलेको छ मेरो गाउँ
कैलाली र कंञ्चनपुर तराईका फाटहरु
धान गहु तेलबाली फलेको छ मेरो गाउँ
मठ मन्दिर देवस्थल प्रकृतिको संगममा
संस्कारको सत्यज्योति जलेको छ मेरो गाउँ

CP Hospital Dhangadhi

॥१॥

सुख मात्रै हुन्न यहाँ दुःख अनि पीर हुन्छ
स्वाभीमानी मात्रै कुल को लागि बीर हुन्छ
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
सधै हास्न जान्ने मान्छे कैले काही रुनु पर्छ
त्यही मान्छे समाजमा सत्य अनि स्थिर हुन्छ
तराजुको पल्ला जस्तै जीन्दगीका पाटाहरु
सपनीको अर्थ संगै जीन्दगी नै भीर हुन्छ
डराउनु हुन्न यहाँ उकाली र ओरालीमा
सधै बग्ने दोभानमा नदिको नि तीर हुन्छ
मित लाउनु पर्ने हुन्छ जीन्दगी र समयको
अनि मात्रै संघर्षमा सधै ढाडो शिर हुन्छ
॥२॥
जीवनका हरेक पलको कहानी उस्तै हजुर
दिनानु दिन उमेर बित्यो परानी उस्तै हजुर
कपाल फुले शिर भरी फलासको फूल सरी
सपना सारा टुटन थाले लगानी उस्तै हजुर
उकाली र ओरालीमा भोक निन्द्रा नभने रै
कर्मसिल तिनै हातको निसानी उस्तै हजुर
दिन उही रात उही फरक केही छैन यहाँ
शरीर सुक्यो उत्साहको जवानी उस्तै हजुर
हिडी सके मैले ठान्थे जिन्दगीको लामो बाटो
जन्म मृत्यु प्रकृतिमा मिल्ने खरानी उस्तै हजुर
॥३॥
मनै डुल्छ आफै चलेको छ मान्छे
बगी राख्छ पानी छलेको छ मान्छे
सबैलाई जित्ने खुवी राख्न खोज्दा
यहाँ आपसैमा जलेको छ मान्छे
लगाएर नारा दियो दर्द धेरै
सधै घात गर्दै फलेको छ मान्छे
जमाना नयाँ हो नयाँ रीति भन्दै
छ आगो सरी या बलेको छ मान्छे
परेको छ डाँका सबै चीज माथी
जता हेर्न खोज्छौ ढलेको छ मान्छे
॥४॥
शिखरमा चढन् खोज्दा आफ्नैबाट घात हुन्छ
दोष दिन्छु अरुलाई आफन्त कै हात हुन्छ
सुख दुख पीर ब्यथा जिन्दगीमा आए पछि
सत्य मार्ग देखाउने त्यही मात्र तात हुन्छ
स्वतन्त्र भै आगनीमा सधै खेल्न पाउने ठाँउ
ममताको काख अनि जन्मेको त्यो थात हुन्छ
दिलभित्र शान्ति छैन् बाहिरी खुशी देखेपनि
अशान्तिको बास भए दिनै पनि रात हुन्छ
मरी लानु केही छैन सबै छोडी जानु पर्ने
जवानीमा थाहा हुन्न मर्ने बेला ज्ञात हुन्छ

लक्ष्मी दत्त भट्ट

धनगढी, कैलाली 

Dhnagadhi & Krishanapur