हराएका मेरा परदेशी

Image
Nisarga Hospital

दिपेन्द्र धामी- बझाङ ।

CP Hospital Dhangadhi

मुग्लानी यात्रा नेपाली समाजको एउटा यथार्थ चित्रण हो। यो केवल विदेशी भूमिमा पुगेर काम गर्ने प्रक्रिया मात्र नभई, नेपालीहरूको दुःख, पीडा र समाजका विविध समस्याहरूको ऐना हो। मुलुकभित्रको बेरोजगारी, आर्थिक अभाव, सामाजिक भेदभाव, र अवसरको अभावका कारण नेपाली युवाहरू परदेशिन बाध्य छन्।

हजारौँको संख्यामा नेपालीहरू आफ्नो परिवारका लागि सुखको खोजीमा परदेश जान्छन्। तर यस यात्राले उनीहरूलाई सुख दिन्छ कि दुःख? यो प्रश्न अझै अनुत्तरित छ। आज म तपाईंसामु ती नेपालीका कथा, वेथा, र सपना लिएर आएको छु, जसले मुग्लानी यात्राका कारण आफ्नो जीवनलाई पूर्ण रूपमा बदल्नुपरेको छ।

nawajiwan

“तपाईंले देख्नुभएको छ, हामीले भोगेका छौँ।”
गाउँका रमाइला दिनहरू, बारीको सिरसिरे हावा, र आमाको स्नेहभरी हातका मकैकाे रोटी। यी सबै कुरा गाउँले जीवनका सुन्दर पक्ष हुन्। तर, जब पेट भर्न मुस्किल हुन्छ, यी रमाइला क्षणहरू दुःखद चित्रमा बदलिन्छन्।

बिहान उठेर खेतीपाती गर्ने, दिउँसो मजदूरी, र साँझ पेटभरि खाना पाउने आशामा बाँच्ने नेपालीहरूको कथा सामान्य देखिन्छ। तर, जब यो सामान्यताले दैनिकी चलाउन नसक्ने अवस्था ल्याउँछ, त्यतिबेला परदेशको सपना देख्न बाध्य हुन्छन्।

आमा-बाबु, दिदी-बहिनी, साना-तिना बालबालिका, सबैका आशा एउटै हुन्छ—परदेश गएको परिवारको सदस्यले पठाएको पैसाले सुखद जीवन। तर त्यो पैसाले त्यो सदस्यको पीडा कति पोको पार्छ भन्ने कुरा घरपरिवारले कहिल्यै बुझ्न सक्दैनन्।

परदेश जानु कुनै सानो निर्णय होइन। यस यात्राले कति नेपालीको ज्यान लिएको छ भन्ने तथ्यांक निकै डर लाग्दो छ। ठगी गर्ने एजेन्टहरू, गलत कागजात, र सुरक्षाको अभावले कति नेपालीहरूको सपना अधुरो बनाएको छ। धेरैले विदेशमै जीवन गुमाएका छन्। केही सम्पर्कविहीन भएका छन्। घर फर्कने आशामा रहेका परिवारहरूले वर्षौँसम्म आफ्नो प्रियजनको खबर पाउँदैनन्।

परदेश गएका कतिपय नेपाली दाजुभाइ दुरुपयोगमा परेका छन्। उनीहरूले विदेशमा मानव अधिकारसम्बन्धी समस्याहरू झेलेका छन्। काम गर्ने ठाउँमा उचित सुविधा नपाउने, तलब समयमा नपाउने, र कहिलेकाहीँ कामदारको रूपमा सानो गल्ती गर्दा पनि कठोर सजाय भोग्नु पर्ने अवस्थाले मुग्लानी यात्रा कष्टकर बनाएको छ।

नेपालमा सामाजिक भेदभाव र असमानताको समस्या अझै गहिरो छ। जातीय भेदभाव, लैङ्गिक असमानता, र वर्गीय विभाजनले गर्दा धेरै नेपालीहरू आफ्नै देशमा अवसरको अभाव महसुस गर्छन्। यो अभावले उनीहरूलाई परदेश जान थप प्रेरित गर्छ।

Attariya Hospital

“भोकै बस्न परे पनि आमा, बुबा र दिदीबहिनीको पेट भर्ने बाध्यता छ।” यो बाध्यता नेपालका हजारौँ युवाको यथार्थ कथा हो। परिवारको सपना पूरा गर्न उनीहरूले आफ्नो जीवन जोखिममा राखेर मुग्लानी यात्रामा जाने निर्णय गर्छन्।

परदेश गएर आउनेहरूले नेपालमा आफ्नो घर बनाउँछन्, जमिन किन्छन्, वा साना व्यापार गर्छन्। तर यो सपना पूरा गर्दा उनले कति दुःख भोगेका छन् भन्ने कुरा थाहा पाउन, परदेश गएको एक दिनलाई नियाल्नुपर्छ।

त्यहाँ एकछाक खाना खानको लागि उनीहरूले १२ घण्टासम्म कठोर परिश्रम गर्नुपर्छ। घरको सम्झनाले रातभर सुत्न सक्दैनन्। साथीभाइहरूसँगको खुसी र आफ्ना बाल्यकालका रमाइला दिनहरूको यादले आँखा रसाउँछ।

परदेश गएका हरेक नेपालीको एउटै सपना हुन्छ—फर्केर आफ्ना साना नानीबाबु, बुढा भएका आमा-बुबाको मुख हेर्नु। तर, कतिपयको यो सपना कहिल्यै पूरा हुँदैन। कोही विदेशमै मृत्युको मुखमा जान्छन्। कोही सम्पर्कविहीन हुन्छन्। कोही अलपत्र पर्छन्।

मेरो मनले यहाँ एउटा प्रार्थना गर्दछ—”मेरा हराएका प्रदेशी दाजुभाइ, कृपया नेपाल फर्कनुहोस्। सिप सिकेर नेपालमै केहि गर्नुपर्छ। विदेशको सपना चकनाचुर भइसकेपछि मात्रै यो सत्य थाहा हुन्छ।”

मुग्लानी यात्रा सजिलो छैन। यसले नेपाली समाजको पीडा, सपना, र यथार्थलाई चित्रण गर्दछ। विदेश गएर पैसा कमाउने मात्र होइन, नेपालमै केहि गर्नसक्ने सम्भावना छ। हामीले हाम्रा युवाहरूलाई देशमै सीप, रोजगार, र अवसर दिनुपर्छ। यसरी मात्र मुग्लानी यात्राको चक्रलाई रोक्न सकिन्छ।

“मेरा हराएका प्रदेशी, कृपया फर्केर आफ्नो परिवार र देशको सेवा गर्नुहोस्। तपाईंहरूको सीप र मेहनतले मात्र नेपाललाई उज्ज्वल भविष्यतर्फ लैजान सक्छ।”

लेखक:- धामी बझाङको केदारस्यूँ गाउँपालिका ८ का स्थानीय हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।
सम्पर्क नं ९७६५९१८६४५